• नेपाली कांग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसी कास्की २ मा साझा पार्टीको उम्मेदवार

    September 15, 2019     8:52 am

    २८ भदौ, पोखरा । कास्की क्षेत्र नम्बर २ देशकै एकमात्र प्रतिनिधिसभाको उपनिर्वाचन हुने क्षेत्र हो । दलहरुले मंसिर १४ मा हुने उपनिर्वाचन लागिसकेको छ । साझा पार्टी कास्की २ मा रवीन्द्र मिश्रलाई उम्मेदवार नबनाउने संकेत दिएको छ । कास्की जिल्ला तथा पोखरा महानगर संयोजकको घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा पार्टीका नेताहरुले सम्भावित उम्मेदवारको छनक दिएको हो ।

    उनी हुन् रजनी केसी । केसी शनिबारमात्र नेपाली कांग्रेस परित्याग गरी साझा प्रवेश गरेकी हुन् । रजनी लामो समय नेपाल विद्यार्थी संघमा क्रियाशील बनिन् । त्यसपछि महिला संघ हुँदै कांग्रेसको राजनीतिमा आएकी उनी प्रखर वक्ता पनि हुन् । उनलाई कास्की २ को उपनिर्वाचनमा टिकट दिने गरी उनलाई पार्टी प्रवेश गराइएको साझा पार्टीका एक नेताले बताए ।

    यद्यपि पार्टी प्रवेश कार्यक्रममा नेताहरुले यसको औपचारिक घोषणा भने गरेनन् । तर पार्टी संयोजक रवीन्द्र मिश्रले आफू उम्मेदवार नहुने प्रष्ट सन्देश दिए । ‘कास्कीमा म उठ्नेबारे चर्चा चल्यो । सामाजिक सञ्जालमा पनि फैलियो,’ कास्कीकै व्यक्तिलाई उम्मेदवार बनाउने भन्दै मिश्रले भने, ‘आजमात्र पार्टी प्रवेश गर्ने र संयोजक घोषणा हुने साथीहरु नै यति शसक्त र ऊर्जाशील हुनुहुन्छ ।’

    कार्यक्रममा रजनीले भने साझा पार्टीबाट पनि कुनै पदका बार्गेनिङ नगरी साधारण सदस्यको रुपमा प्रवेश गरेको बताइन् । तर पार्टीले टिकट दिए उम्मेदवार हुने सम्भावना रहने रजनीले प्रतिक्रिया दिइन् । ‘टिकटबारे अहिलेसम्म कुरा भएको छैन । विभिन्न संस्थामा रहेर काम गरेको अनुभव छ । पार्टीमा निर्णय गरेर उठाइहाले सम्भावनालाई नकार्न सकिन्न,’ उनले भनिन् ।

    उनले चुनाव लड्ने योजनाका साथ पोखरा विश्वविद्यालयमा उपप्रशासक पदबाट हालै राजीनामा समेत दिएकी छन् । २० वर्ष पोखरा विद्यालयमा सेवा गरेकी रजनीको राजीनामा कात्तिक १ गतेबाट लागु हुने गरी स्वीकृत भइसकेको छ । ‘म समाज सेवामा अझै कसरी लाग्न सकिन्छ भनेर खोजिरहेकी थिएँ । त्यसैले पनि पोखरा विश्वविद्यालयबाट राजीनामा दिएकी हुँ,’ उनले भनिन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।