• दशनामी युवाको भेला तथा अधिवेशन पोखरामा सम्पन्न

    September 15, 2019     8:11 am

    पोखरा । नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेश गिरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको बरिष्ठ उपाध्यक्षमा पोखराका अर्जुन गिरी, उपाध्यक्षमा बुटवलका अर्जुन गिरी, महिला उपाध्यक्षमा काठमाडौँकी शान्ता गिरी, महासचिवमा विराटनगरका जंगराज गिरी, सचिवमा नवलपुरका मदन गिरी, सचिवमा काठमाडौँका गणेश गिरी, कोषाध्यक्षमा तनहुँका सुरेश पुरी र सह कोषाध्यक्षमा बिरगंजका सन्दिप पुरी चयन भएका छन् ।

    सदस्यमा अमृत गिरी, सुवास गिरी, सन्धया पुरी, नविनराज गिरी, दिपक भारती, सञ्जय गिरी, विद्या भारती, डिल्लीराम वन, नमराज पुरी, किसन गिरी, रुद्र गिरी, राजुराज गिरी, नविन गिरी, नन्दु गिरी, रामकुमार पुरी, दिपक पुरी र अमृता गिरी चयन भए । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पदम गिरीले युवाहरु देशको शक्ती भएको हुनाले सहि ठाउँमा उर्जा खर्चिनुपर्ने बताए ।


    नेपाल दशनामी समाजका प्रमुख संरक्षक जयराम पुरी, प्रदेश नं २का प्रदेश सांसद प्रल्हाद गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तारा गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष ध्रुव गिरी, नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष सरस्वती गिरी लगायतकाले बोलेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।