• तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रकको ठक्करबाट एकको मृत्यु

    March 23, 2019     3:25 pm

    दमौली, ९ चैत

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो ।

    ट्रकको ठक्करबाट ठेगाना नखुलेका किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ । 

    बिग्रिएर बनाउन लागेको ना १ ख ६१६२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो । 

    (रासस)

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।