• इण्डो प्यासेफिक रणनीतिको गलत ब्याख्या भयो : अमेरिकी दूतावास

    September 13, 2019     11:38 pm

    २७ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो मुलुकको इण्डो प्यासेफिक रणनीतिबारे नेपालमा गलत ब्याख्या भएको गुनासो गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक अन्तर्क्रियामा बोल्दै दूतावासका राजनीतिक तथा आर्थिक मामला प्रमुख क्लिनटन एस ब्राउनले इण्डो प्यासेफिक रणनीतिलाई डरलाग्दो अर्थमा बुझिएकोमा आश्चर्य प्रकट गरे ।

    इण्डो प्यासेफिक रणनीति दक्षिण एसिया स्वतन्त्र, खुल्ला र स्थिर रहोस् भन्ने दोस्रो विश्वयुद्ध पछिको अमेरीकी चाहनाको उपज भएको उनले स्पष्ट पारे । ‘रणनीति भन्ने बितिक्कै गोजीमा बन्दुक बोकेको व्यक्ति वा समूह जस्तो बुझियो, त्यस्तो बुझाई हो भने म भन्छु यसलाई इण्डो प्यासेफिक रणनीति होइन, नीति भनेर बुझियोस्,’ ब्राउनेले भने ।

    इण्डो प्यासेफिक नीति वा रणनीतिमा आउनै पर्छ वा पर्दैन भन्ने भन्दा पनि सत्तरी वर्षदेखि नेपाललाई अमेरिकाले गरिरहेको सहयोगको निरन्तरताका रुपमा मात्रै यसलाई बुझ्न उनले आग्रह गरे । इण्डो प्यासेफिक कुनै क्लब नभएको पनि ब्राउनले स्पष्ट पारे ।

    नेपालको आर्थिक विकासको आधार मजबुत बनाउन वर्तमान व्यापार घाटाको प्वाल बन्द गर्न जरुरी भएको उनले बताए । नेपालको अर्थतन्त्र बिशाल समुन्द्रमा अघि बढेको डुंगामा प्वाल परेको अवस्थामा रहेको र डुंगामा भरिदै गरेको पानीलाई चियाको कपले बाहिर फ्याक्ने जस्तो हालको अवस्था चिन्ताजनक भएको उनले बताए । ‘अर्थतन्त्र सुधार गर्न डुंगामा भरिएको पानी फ्याक्ने होईन की प्वाल टाल्न जरुरी छ, यसका लागि अमेरिकाको सहयोग रहनेछ,’ उनले भने । -अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।