• काठमाडौंको ठमेलस्थित डान्सबारमा आगलागी

    September 13, 2019     11:13 pm

    काठमाडौं-काठमाडौँ महानगरपालिका–२६ सात ठमेल घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ । आगलागीबाट डान्सबारको झण्डै रु दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए । विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    यसैबीच काठमाडौँबाट अप’हरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अप’हरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी रु दुई लाख ५० हजार फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको सहप्रवक्ता जोशीले बताए ।

    पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाडौँका सुशील उप्रेती छन् । उनीहरुले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पु¥याएर फिरौती मागेको थिए । उक्त सूचना आउने बित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।