• साफ यू १८ को तयारी : कास्की च्याम्पियनसँग यू १८ टोली १०–१ ले विजयी

    September 13, 2019     10:43 pm

    पोखरा । कास्की जिल्लाको लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली युवा टोलीले अर्को महिना स्वदेशमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको तयारी गरिरहेको छ । प्रशिक्षणका लागि भन्दै भदौ २३ गते पोखरा आइपुगेको टोलीले बिहीबार कास्कीको लिग च्याम्पियन आदर्श युवा क्लबसँग मैत्रीपूर्ण खेल खेल्यो । सहारा क्लब पोखराको दोबिल्लास्थित एकेडेमीको मैदानमा भएको खेलमा यू १८ टोली १०–१ ले विजयी भएको थियो । प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो हाफमा पुरै सेट परिवर्तन गरेका थिए । ए टिमले पहिलो हाफमा ६ गोल र बी टिमले दोस्रो हाफमा ४ गोल गरेको थियो । शीशिर लेखीले सातौं मिनेटमा टोलकिा लागि पहिलो गोल गरे ।

    ११ औं मिनेटमा मनीष थापाले १४ औं मिनेटमा नितिन थापाले, २७ औं मिनेटमा रोशन राना मगरले, ३५ औं मिनेटमा पदक भट्टराईले र ४० औं मिनेटमा मनीष डाँगीले गोल गरे ।दोस्रो हाफमा सुचु गुरुङले २ ९७७ औं र ८०औं मिनेट० दर्शन गुरुङले ७० औं र कैशाल लामिछानेले ८५ औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए । आदर्शले ७८ औं मिनेटमा गोल फर्काएको थियो । एन्फा केन्द्रीय उपाध्यक्ष वृmष्ण थापा ले बल रेफरी छनुराम लाइ बल हस्तारण गरेर सुरु भएको थियाे । यु १८ ले अर्को खेल आइतबार पोखरा ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।


    उपाधि रक्षाको उद्देश्यका साथ तयारीमा रहेको नेपाली टोलीको यसपटक घरेलु मैदानमा कस्तो प्रदर्शन गर्ला त्यो हेर्न केहि समय कुर्नैपर्ने हुन्छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागितामा साफ यू १८ च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा आयोजना हुँदैछ ।

    नेपाल रहेको समूह एमा माल्दिभ्स र भुटान छन् । भारत, श्रीलंका र बंगलादेश समूह बीमा छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । दुवै सेमिफाइनल असोज १० गते हुनेछ । त्यस्तै फाइनल असोज १२ गते हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।