• पोखरा महानगरका वडालाई तरकारीमा पकेट क्षेत्र घोषणा गरेर जाने योजना ः प्रमुख जिसी

    September 13, 2019     10:30 pm

    पोखरा २७ भदौ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आर्थिक समृद्धिलाई सकारका बनाउन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर २२ उल्लेरिमा चिप्लेटी अन्नपूर्ण कृषि उपज संकलन केन्द्रको शुक्रबार उद्घाटन गदै प्रमुख जिसीले आर्थिक समृद्धि भनेर मात्रै नहुने, कृषि उत्पादनमा बृद्धि गर्नुपर्ने बताए । प्रमुख जिसीले महानगरले कृषिलाई प्राथमिकतामा राखेको बताए । उनले देशका ६ वटा महागनर भन्दा सवैभन्दा बढि बजेट पोखरा महानगरले विनियोजन गरेको बताए ।
    उनले कृषिबाट रोजगारी सृजनासंगै आयआर्जन गर्नसकिने बताए । उनले पोखरा महानगरका वडालाई तरकारीमा पकेट क्षेत्र घोषणा गरेर जाने योजनामा रहेको बताए । उनले कृषकले उत्पादन गरेका तरकारीको लागि बजार व्यवस्थापनको लागि महागनरले सहयोग गर्ने बताए । प्रमुख जिसीले कृषिमा विचौलीयाको अन्त्य गर्नुपर्नेमा जोड दिए । कृषक आफैले उत्पादन गरेका कृषि उपजहरु बजारमा लगेर विक्री गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘किसानले मुल्य पनि पाउने र उपभोक्ताले सस्तोमा किन्न पाउने अवस्था सृजना गर्नुपर्छ ।’ प्रमुख जिसीले महानगर किसानलाई बजार व्यवस्थापन गर्ने काममा सहयोग गर्न तयार रहेको बताउदै भने, ‘किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौ ।’ वडा नम्वर २२ वडा अध्यक्ष मित्रलाल बरालले किसानलाई प्रोत्साहन गर्न तयार रहेको बताउदै विकास सवैले भनेका आधारमा नभई आवश्यकताका आधारमा हुने बताए ।
    महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले किसानले बजरा मुल्य प्राप्त गर्न नसकेको बताउदै किसान बजारको अवधारणा अनुसार दश वटा कृषि उपज बजार केन्द्र स्थापना गर्ने योजनामा रहेको बताए । उनले तीन वटा कृषि बजार केन्द्र केही महिनाभित्रै संञ्चालनमा आउने बताए । कार्यक्रममा स्थानीय एव महिला नेत्री रत्ना गुरुङ, वडा सदस्य चन्द्रीका बराल, वडा सचिव रामप्रसाद पौडेल, कृषि सञ्जाल अध्यक्ष खेमराज बराल, स्थानीय बृद्धिमाया गुरुङ, कृषक ईश्वरीप्रसाद लामिछाने, सजिन गुरुङ, सुर्य ढकाल लगायतले बोलेका थिए । पोखरा महानगरपालिकाको ५ लाख ६१ हजार, स्थानिय सहभागीता २ लाख पाँच हजार गरि ७ लाख ६६ हजार दुईको लागतमा कृषि केन्द्र निर्माण गरिएको हो । उल्लेरि क्षेत्रबाट मात्रै बार्षिक १ करोड रुपैयाँको काक्रो विक्री हुने गरेको छ । सो क्षेत्रका ५५ घर परिवारले ४ सय रोपनी क्षेत्रमा व्यवसायीक काक्रो व्यवसाय गदै आएको कृषक ईश्वरीप्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा कृषि उपज संकलन केन्द्रका लागि जग्गा उपलब्ध गराउने फत्तबहादुर पौडेल, खेमलाल लामिछानेलाई सम्मान समेत गरिएको थियो । यसैवीच महानगरले उपकज केन्द्रका लागि एउटा डिजिटल तराजु र ९ वटा क्रकेट हस्तान्तरण गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।