• माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि सामान किन्दा कुनैपनि शुल्क नलाग्ने

    September 13, 2019     10:19 pm

    काठमाडौं भदौ २७ । माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो ।

    ग्राहकहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन ।

    बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ । यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ ।क्लिकमान्डु

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।