• सरकारको सहुलियत पसलमा भन्दा भाटभटेनीमा १३ रुपैयाँ सस्तो चिनी

    September 13, 2019     10:13 pm

    काठमाडौं भदौ २७ । सरकारले दशैंलाई लक्षित गरी सस्तो मूल्यमा जनतालाई सामान उपलब्ध गराउने उद्देश्यले भदौ २ गतेदेखि सहुलियत पसल सुरु गर्यो ।
    तर खाद्यान्न सस्तो मूल्यमा दिने भनिएका पसलमा सुपर मार्केटमा भन्दा खाद्यान्न महंगो पर्ने देखिएको छ ।

    भदौ २३ गते सुरु गर्दा बिराटनगरस्थित सहुलियत पसलमा चिनीको मूल्य प्रतिकेजी ७२ रुपैयाँ तोकिएको छ । तर विराटनगरकै भाटभटेनी सुपर मार्केटमा ५९ रुपैयाँमै उपलब्ध छ ।

    सरकारले चाडपर्वलाई लक्षित गरी राजधानी र राजधानी बाहिरका विभिन्न ठाँउमा सहुलियतका पसलहरु सञ्चालनमा ल्याएको छ ।


    सरकारले सुरु गरेको सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुनेछन् ।सहुलियतका पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, निजी कम्पनी र दूग्ध विकास संस्थानले सहुलियतमा सामानहरु बिक्री गरिरहेका छन् ।

    जसमा साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गरेको छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गरेको छ ।
    काठमाडौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन छ ।

    भाटभटेनी सुपर मार्केटको शाखा सञ्जाल मुलुकभर सञ्चालनमा छन् ।भाटभटेनीले शुक्रबार सूचना प्रकाशित नै गरेर दशै, तिहार र छठ पर्वसम्मका लागि देश व्यापारिकरुपमा आफ्ना ग्राहकहरुलाई विभिन्न खाद्य सामानहरुमा छुट दिने घोषणा गरेको छ ।

    विराटनगर भन्सार नाकाबाट नजिक रहेको मोरङको विराटनगरलगायत सुनसरीका अघिकांश स्थानीय बासिन्दाहरु दशैं, तिहार र छठमा खाद्य सामग्री खरिद गर्न विराटनगरको रानी भन्सार हुँदै भारतको जोगवनीमा जाने गर्दछन् ।

    घरायसी प्रयोजनका लागि नै भारतको जोगवनीबाट नेपालीहरुले खाद्यसामग्रीहरु ल्याउने हुँदा भाटभटेनीले जोगवनीमा भन्दा चिनीमा केजीमा ५/६ रुपैयाँ बढी मूल्य निर्धारण गरेको छ ।चिनीबाहेकका खाद्यान्नमा भने अन्य पसल र सहुलियत पसलमा मूल्यमा खासै फरक छैन । सहुलियत पसल सञ्चालन गरे पनि मूल्यमा खासै फरक नपर्दा उपभोक्तामा सहुतलियत पसले फाइदा गरेको देखिन्न ।

    त्यसैले यस्ता पसल सञ्चालन गरी सस्तो मूल्य दिने बाहना बनाएर सरकारले झारा टार्ने काम गरेको देखिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।