• займ онлайн

    चीनले अमेरिकालाई दियो शुभ संकेत, १६ अमेरिकी सामग्रीमा कर छूट

    September 13, 2019     10:06 pm

    भदौ २७ ।चीनले अमेरिकालाई दियो शुभ संकेत, १६ अमेरिकी सामग्रीमा कर छूट
    बेइजिङ्ग । चीनले अमेरिकाबाट आउने विभिन्न १६ वटा सामग्रीको आयातमा शुल्क नलगाइने भन्दै सूची जारी गरेको छ । सो सूचीमा क्यान्सर विरुद्धका औषधी र एनीमल फिडलगायतका सामग्रीसमेत रहेको जनाइएको छ ।
    यद्यपि ५ हजार भन्दा बढी अमेरिकी उत्पादन भने अझै चीनको कर लगाइने सूचीमा रहेका छन् ।

    अमेरिकासँगको वार्ताको अगाडि चीनले यसलाई सकारात्मक सन्देश दिएको हुन सक्ने विश्लेषकहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको प्रशंंसा गर्दै यो संकेतले दुई देशबीचको आगामी व्यापार वार्ता सकारात्मक हुने अपेक्षा गरेका छन् ।

    प्रारम्भिक चरणको वार्ता यो महिनाको अन्त्यमा वाशिङटनमा हुने कार्यक्रम रहेको छ । त्यसभन्दा अघि अमेरिकी अधिकारीहरुले चीनका उपप्रधानमन्त्री लिउ हिलाई आउँदो अक्टोबरमा बेइजिङ्गमा भेट्ने छन् । अमेरिकी राष्ट्रपतिले भनेका छन्,‘‘उनीहरुले गएको राति केही राम्रा निर्णय गरेका छन् । मलाई लाग्छ उनीहरुले राम्रो काम गरेका छन् ।’’

    यद्यपि अझैपनि अमेरिकाबाट चीन आउने सुँगुरको मासु, भटमास र अमेरिकामा निर्मित कार लगायतका सामानमा ठूलो परिमाणमा कर लगाइएको छ ।

    विश्वका सबैभन्दा ठूला यी दुई अर्थतन्त्रबीच लामो समय देखि व्यापार युद्धको अवस्था रहेको छ । त्यसले दुवै देशलाई असर पर्नुका साथै अन्य देशमा पनि त्यसको असर पर्न थालिसकेको छ । अमेरिकाले पनि ३६० बिलियन डलर भन्दा बढीका चिनियाँ उत्पादनमा कर लगाएको छ भने बदलामा चीनले पनि ११० बिलियन डलर बराबरका अमेरिकी उत्पादनमा कर लगाएको छ । (बीबीसी)

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।