• विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव

    September 13, 2019     7:57 pm

    काठमाडौं भदौ २७ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्।

    प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उनले सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरि अंगीकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको बताए।

    सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उनले जानकारी दिए। गृहमन्त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरी नेपाली पुरुषसँग विहे गर्ने महिलालाई नेपाली अंगिकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको जनाए।

    विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष र नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ।

    सरकारले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषका लागि अंगीकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उनको भनाइ थियो।

    नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ। शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन।

    विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष र नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ।डिसी नेपाल

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।