September 13, 2019 7:42 pm
भदौ २७ । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद देशसभा सांसद पाल्देन गुरुङ लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसका विकासका लागि सो विमानस्थलको सेवा पुनः संचालन ल्याइएको स्पष्ट पारे । उनले सो विमानस्थलको सेवालाई नियमित गराउन सबै स्थानीय तहलाई पनि सचेत गराए ।