• दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने

    September 13, 2019     6:21 pm

    भदौ २७ । दशैँमा घर जाने यात्रुका लागि आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

    असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट काट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको उनले जानकारी दिए ।व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ । तर छठपछि भने कार्यदल नै गठन गरेर वैज्ञानिक भाडा दर लागू गर्ने सहमति भएको भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।