• एप्पलले सार्वजनिक गर्यो‍ नयाँ मोडलका आईफोन, यस्ता छन् विशेषता

    September 13, 2019     6:11 pm

    भदौ २७ । एप्पलले नयाँ मोडलका आइफोनहरु सार्वजनिक गरेको छ । एप्पलले आईफोन–११, आईफोन–११ प्रो र आईफोन– ११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

    यी फोनहरुको बजार मूल्य क्रमशः ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ । सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ ।

    आइफोनका ११ सिरिजका फोनको मुख्य विशेषता लङ लाइफ ब्याट्री रहेको कम्पनीले दाबी गरेको छ ।

    यस्ता छन् विशेषता

    नयाँ आइफोनमा ए १३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ । बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउने कम्पनीको दाबी छ । आइफोन– ११ मा चाँडै फेस अनलकको सुविधा समेत राखिएको छ ।

    क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन–११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ । यस्तै फोनले ४के भिडियोहरु खिच्न सक्छन् ।

    ११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ । आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।