• काठमाडौंको गोलढुंगामा गोली चल्यो

    September 13, 2019     6:04 pm


    भदौ २७ ।काठमाडौंको गोलढुंगामा प्रहरीले गोली चलाएर गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको खोजी सुचीमा रहेका गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरीलाई कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनाबारे पुष्टि गरेका छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका उनलाई ट्रमा सेन्टरमा ल्याइएको छ ।गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेपछि उनी प्रहरीको खोजी सूचीमा रहेका थिए ।

    यसैबीच, साजन गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।