• पोखरामा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा हिरा सम्बन्धी सेमिनार

    September 12, 2019     9:02 pm


    पोखरा, २६ भदौ । जेमोलोजिकल इन्टिच्युट अफ अमेरीका (जेआइए)भारत र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनाका हिरा सम्बन्धी निशुल्क सेमिनार सम्पन्न भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण संघ कास्कीको व्यवस्थापनमा भएको सेमिनारमा जेआइए भारत शाखाका प्रशिक्षक राहुल लाडीवाल र सिनियर एक्जुकेटर मेहेन्दी हुसेनले सहजीकरण गरेका थिए ।

    गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले सुनचाँदी व्यवसायीको हक हितको रक्षाको लागि प्रदेशले नीतिगत व्यवस्था गर्न बताए । उनले व्यवसायी मैत्री नीति बनाउने धारणा राखे । उनले हिराको सेमिनारले पोखरा र गण्डकी प्रदेशको व्यवयाय प्रर्वद्धनमा सहयोग पुग्ने दावी गरे ।

    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय सचिव तथा आभुषण संघ कास्कीका पूर्व अध्यक्ष किसान सुनारले पोखरामा पहिलो पल्ट हिराको प्रयोगको बारेमा सेमिनार गरेको बताए । एक जना सुनचाँदी व्यवसायी राम्रो र सभ्य हुनु भन्दा पनि समग्र व्यवसायीको प्रर्वद्धन हुनु पर्नेमा जोड दिए । नेपाल सुनचाँदी रत्न तथा आभुषण संघ पोखराका द्धितिय उपाध्यक्ष रवीबहादुर विकले सेमिनार व्यवसायीको लागि उपयोगी भएको बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।