• अध्ययनका लागि ‘साइप्रस’ जाने विद्यार्थीहरुका लागि सेमिनार

    September 12, 2019     8:12 pm

    पोखरा, २५ भदौ । ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले अध्ययनका लागि साइप्रस जान चाहने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सेमिनारको आयोजना गरेको छ । सृजनाचोकस्थित आफ्नै कार्यालयमा भदौ २७ गते शुक्रबार सेमिनार हुने कम्पनीले जनाएको छ ।

    निशुल्क रुपमा हुने सेमिनारमा साइप्रसको शिक्षा नीति, अध्ययनका लागि लाग्ने प्रकृया, शुल्क र त्यहाँको बसाईको बिषयमा जानकारी दिईने ज्ञान इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले जानकारी दिईन् । ‘नेपालबाट बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि साइप्रस गज्जबको गन्तब्य हो । सामान्य नतिजा भएका विद्यार्थीहरुलाई पनि साइप्रसले स्विकार गर्छ । र, साइप्रस जानका लागि कुनै पनि खालको भाषा परिक्षा दिईरहनु पनि पर्दैन ।’ पोखरेलले भनिन्–‘विद्यार्थी र अभिभावकहरुलाई यो सेमिनारमा अझै विस्तृतमा बुझाईनेछ । त्यसैले यो मौका नगुमाउनुहोला ।’

    कम शुल्कमा यूरोपियन स्टान्डर्डको अध्ययन गर्न पाईने भएपछि पछिल्लो समय नेपाली विद्यार्थीहरु साइप्रसतर्फ आकर्षित भैरहेका छन् । साइप्रस जानका लागि विद्यार्थीहरुले झन्झटिलो प्रकृयाबाट गुज्रनुपर्दैन । ‘साइप्रस यूरोपियन युनियनको सदस्य राष्ट्र हो । तर विद्यार्थीहरु अध्ययनका लागि साइप्रस जाँदा आइईएलटिएस गर्न नपर्ने, इन्टरभ्यूका लागि दिल्लीसम्म पुग्न नपर्ने व्यवस्था गरिएको छ । जसले गर्दा विद्यार्थीलाई सजिलो हुन्छ ।’ इन्स्टिच्यूटकी संचालक पोखरेलले भनिन्–‘र, विद्यार्थीलाई भिसाको ग्यारेन्टी पनि हुन्छ ।’

    ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले चाइनिज, जापानिज, जर्मन, आइईएलटिएस जस्ता भाषाका कक्षाहरु संचालन गर्दै आएको छ । त्यस्तै शैक्षिक परामर्शदाता कम्पनीको रुपमा इन्स्टिच्यूटले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिकासँगै डेनमार्क, फ्रान्स, जर्मनी, पोल्याण्ड, माल्टा लगाएतका यूरोपियन मुलुकमा जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।