• साझा पार्टीले जिल्ला र महानगर संयोजक घोषणा गर्ने

    September 12, 2019     5:48 pm

    पोखरा, २८ भदौ । साझा पार्टीले कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजना गरिएको साझा पार्टी गण्डकीले जनाएको छ ।

    जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीयस्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमा भर्खरै मात्र आबद्ध भएकी मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल पनि यो कार्यक्रममा विशेष वक्ताको रुपमा आउँदैछिन् । यस्तो खालको औपचारिक कार्यक्रममा मिस नेपाल अर्थ सिग्देललाई पार्टीले पहिलोपटक पोखरामा सहभागी गराउँदैछ ।

    ‘संगठन विस्तार अभियान अन्तरगत हामी अहिले जिल्लास्तरिय संयोजक घोषणा अभियानमा छौँ । र, यही बीचमा पोखरामा महानगर संयोजक पनि घोषणा गर्दैछौँ । नजिकिरहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पनि जिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने ।

    गण्डकी प्रदेश अन्तरगत साझा पार्टीले हालसम्म नवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोही जिल्लाको देवचुली नगरपालिकाको संयोजक पनि घोषणा गरिसकेको छ । कास्कीको जिल्ला र महानगर संयोजक घोषणासँगै पार्टीले असोज ३ गते गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेश अन्तरगतका ११ वटै जिल्ला र स्थानिय निकायहरुमा चाँडै नै संगठन विस्तार गर्ने गरि तयारी भएको संयोजक महेश भण्डारीले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।