September 10, 2019 11:58 pm
रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिनसम्म डेङ्गुका विभिन्न लक्षणहरु देखा पर्न थाल्दछ ।
सामान्य प्रकारका लक्षणहरु रुघा लाग्नु, सामान्य ज्वरो आउनु, टाउको दुख्नु (आँखाको पछाडीको भागमा), वान्ता आउनु, वाकवाकी लाग्नु, पेट दुख्नु, पखाला लाग्नु, मांशपेसी, हाड र जोर्नी दुख्नु डेङ्गुका लक्षणहरु हुन् । यस्तै छालामा रातो फोका देखिनु । यस्ता लक्षणहरु ४ देखि ७ दिनमा देखा पर्न थाल्छ ।
गम्भीर लक्षणहरु डेङ्गु सक्रमण भएको थाहा पाउनको लागि माथिको लक्षणहरुसँगै बिरामीलाई उच्च ज्वरो (१०४डिग्री फरेन्हाइटसम्म) आउनु, नाक र मुखबाट रक्तश्राव हुनु, रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु रक्तचाप अत्यधिक घटनु डेङ्गुका गम्भीर लक्षणहरु हुन् ।
डेङ्गु लागेका व्यक्तिले ध्यान दिनुपर्ने डेङ्गु ज्वरोको संक्रमण भएको व्यक्तिले घरमा बसेर आराम गर्ने । झोलीलो खानेकुराहरु खाने । दुखाई कम गर्नको लागि प्यारासिटामोल खाने, धेरै पेट दुख्ने, वान्ता हुने, गिजाबाट रगत बगेको बगेकै भएको खण्डमा अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ ।
यस्ता समस्या भएको व्यक्तिले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । सामान्य अवस्थामा भने घरमै बसेर प्यारासिटामोल खाने, झोलिलो कुराहरु खाने, आराम गर्दा डेङ्गु निको हुन्छ । जेष्ठ नागरिक, गर्भवती महिला, बालबालिका अन्य स्वास्थ्य समस्या भएको व्यक्तिको हकमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ ।