• मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि चाइनिज ताइपेईमाथि सानदार जित

    September 10, 2019     11:19 pm

    काठमाडौं – नेपाली टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले हरायो ।नेपालको जितमा अन्जन बिष्ट नायक बने । अन्जनले खेलको तेस्रो र ६२ औं मिनेटमा गोल गरेका थिए । अन्जनले पहिलो गोल करिबव २५ यार्ड टाढाबाट फ्रिकिकमा गरेका थिए । ताइपेईका खेलाडीले रवि पासवानलाई फाउल गरेपछि पाएको फ्रिककमा अन्जनले गल्ती गरेनन् । अन्जनले दोस्रो गोल सुजल श्रेष्ठको पासमा गरेका थिए ।

    एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत यस जितसँगै नेपालले अघिल्लो खेलमा कुवेतसँगको नमिठो हारलाई केही हदसम्म बिर्साइदिएको छ । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट तीन अंक बनाएको छ । समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । ताइपेईको भने यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा ताइपेई जोर्डनसँग हारेको थियो ।

    विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ । नेपालले अब चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।