अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि पहिलो रोजाई : सन्तोष शाही
September 10, 2019 10:06 pm
अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिंदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको लागि भरपर्दो शैक्षिक परामर्श दिने संस्था हो । विगत लामो समय देखि विद्यार्थीको रुची र चासोलाई मध्यनजर गर्दै उनीहरुको करियरका लागि गतिलो काउन्सिलिङ गर्दै आएको छ । नेप्कम्सले प्रदान गर्ने सेवाका प्रबन्ध निर्देशक सन्तोष शाहीसंगको कुराकानी ।
सन्तोष शाही , प्रबन्ध निर्देशक , नेप्कम्स् सर्भिसेज
नेप्कम्स सर्भिसेज स्थापना कहिले भएको हो? विद्यार्थीलाई शैक्षिक परामर्श र माइग्रेशन सम्बन्धी सेवा प्रदान गर्नको लागि नेप्कम्स् सर्भिसेजको स्थापना सन् २००८ मा अष्ट्रेलियाको सिड्नीमा भएको हो । त्यसपछि शाखा विस्तार गर्ने क्रममा काठमाडौं हुदैं पोखरामा विगत ३ वर्ष देखी उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीको लागि परामर्श दिंदै आइरहेको छ । पोखरामा युनिस्टार एजुकेशन सँग सहकार्य गर्दै आइरहेको छ ।
विशेषगरी बैदेशिक अध्ययनका लागि कुन कुन देश गन्तव्य हुन्? नेप्कम्स सर्भिसेजले विद्यार्थीको इच्छा अनुसार अष्ट्रेलिया लगायत न्यूजिल्याण्ड, यूके, युएसए, आइरल्याण्ड लगायतका देशहरुका लागि शैक्षिक परामर्श दिंदै आइरहेको छ ।
युनिभर्सिटी कस्ता कस्ता छन्? अष्ट्रेलियाको शिक्षालाई संसारकै तेश्रो राम्रो शिक्षाको रुपमा हेरिन्छ । यसकारण त्यहाँ उत्कृष्ट खालका विश्वविद्यालयहरु देखी लिएर निजी कलेजहरु छन् । जहाँ संसारभरिबाट विद्यार्थीहरु उच्चशिक्षाको लागि जाने गर्दछन् । विद्यार्थीले आफ्नो इच्छा आकांछा, अध्ययन गर्ने विषय, जान चाहेको देश, युनिभर्सिटीले दिने सेवा सुविधा, आर्थिक क्षमता अनुसार युनिभर्सिटीहरु रोज्न सक्छन् ।
विदेशमा उच्च शिक्षा अध्ययनका निम्ति जान चाहने विद्यार्थीहरुलाई के कस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ? हामीले उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीहरुलाई भाषागत तयारी कक्षाहरु (आइएलटिस) देखी लिएर विदेशका शैक्षिक प्रणाली, त्यहाँका विश्वविद्यालयमा भर्ना गरिदिने, भिसाको लागि आवश्यक पर्ने कागजातहरु तयारी, अन्र्तवार्ताको तयारी, भिसा एप्लाई गरिदिने लगायतका सेवाहरु प्रदान गर्दै आइरहेका छौं । साथै भिसा लागिसकेपछि पनि आवश्यक पर्ने सुचनाहरु, एयरपोर्टबा पिकअप गर्ने, एकोमोडेसनको लागि पनि सहयोग गर्छौ । नेप्कम्स् सर्भिसेजको अफिस सिड्नी र मेलवर्नमा पनि रहेकोले नेपालदेखी लिएर अष्ट्रेलियामा गएपछि पनि आवश्यक पर्ने सम्पूर्ण परामर्श प्रदान गर्छौं ।
यहाँ आउने विद्यार्थीहरुलाई कस्तो परामर्श दिनुहुन्छ ? हामीले विद्यार्थीहरुलाई विदेशमा अध्ययन सम्बन्धी शैक्षिक परामर्श मात्र नभएर नेपालमा नै अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श लगायत करिअर काउन्सलिङ्ग पनि दिन्छौं । शिक्षाको लागि विदेशिनु भनेको नयाँ ठाउँ, नयाँ भाषा, नयाँ संस्कृति, नयाँ परिवेश, नयाँ विकास सँग साक्षात्कार हुनुपनि हो । त्यसकारण विद्यार्थीले जानुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण तयारी, लिनुपर्ने सुचनाहरु प्रदान गछौंं । विद्यार्थीले रोजेको देशको शैक्षिक प्रणाली, अध्ययन पश्चातका अवसरहरुको वारेमा साथै विद्यार्थी विदेश गएपछि दुःख नपाउन भनेर विद्यार्थी सँगै अभिभावकहरुलाई पनि बोलाएर आवश्यक सुचनाहरु दिनुका साथै त्यहाँ अध्ययन गर्दा लाग्ने शुल्कको विषयमा अवगत गराउँछौं ।
उच्च शिक्षाका लागि नेपालबाट विदेशिने विद्यार्थीको संख्या बढेको छ कि घटेको छ? विदेशिने विद्यार्थीको संख्या बढिरहेको छ । विद्यार्थीको इच्छा, सम्बन्धीत देशको भिसा निती अनुसार देशहरु फरक हुन सक्छन् । अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, युके लगायतका विकसित देशहरुमा विद्यार्थीहरुका लागि विश्वस्तरीय डिग्री र करियरको अवसर दुवै छ । विदेशमा विद्यार्थीहरुलाई संघर्ष गर्न, आफ्ना् खुट्टामा उभिन सिकाउँछ । हरेक दिन नयाँ नयाँ कुराहरु सिक्न पाइन्छ । त्यसकारणले गर्दा नेपाली विद्यार्थीहरु विदेशका विश्वविद्यालयमा आकर्षित भएका हुन् ।
पछिल्लो समय अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बनेको छ । त्यहाँ जाँदा अपनाउन पर्ने प्रकृयाहरु के के हुन्? विद्यार्थीमा कत्ति आउँछन् ? नेपालको हावा पानीसँग सुहाउँदो वातावरण, विश्वस्तरीय शिक्षा, अष्ट्रेलियाका विश्वविद्यालयले दिने सेवा सुविधाहरु र क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था भएको कारणले अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको हो । त्यहाँ जानको लागि विषय र तह अनुसार विभिन्न डकुमेण्टहरुको आवश्यकता पर्ने गर्दछ । सबैभन्दा पहिला भाषा परिक्षा (आइएलटिस) पास गर्नुपर्छ । त्यस पछि आफूले रोजेको कलेज अथवा विश्वाविद्यालयमा भर्नाको लागि चाहिने आवश्यक कागजातहरु पठाई भर्ना गर्नुपर्ने हुन्छ । त्यसपश्चात विद्यार्थी अध्ययनकै लागी जान लागेको हो भनि प्रमाणित गर्नको लागि पारिवारिक विवरण देखी लिएर आर्थिक रुपमा पनि सक्षम छ भनेर प्रमाणित गर्नको लागि सोही अनुसारको डकुमेण्टहरु तयार गर्नुपर्ने हुन्छ । त्यहाँको कलेजले सबै कुरा ठिक छ भनेपछि कलेजको आवश्यकता अनुसार एक सेमेस्टर अथवा एक वर्षको ट्युसन फि, स्वास्थ्य विमा शुल्क तिरेपछि भिसाको लागि आवश्यक प्रकृयाहरु अगाडी बढाउने हो ।
नेपाली विद्यार्थीहरुले नेप्कम्स्को माध्यमबाट अष्ट्रेलिया लगायतका मुलुकमा पढ्न पाउने विषयहरु के के हुन् ? अष्ट्रेलिया लगायतका मुलुकमा विश्वविद्यालयमा पढाईने र विद्यार्थीको क्षमता अनुसार सम्पूर्ण विषयहरु को लागि विद्यार्थी जान सक्छन् । विशेष गरेर विद्यार्थीले कुन विषय पढ्दा अवसर प्राप्त हुन्छ, भोलि नेपाल फर्कदा पनि काम लाग्ने विषय रोज्दा राम्रो हुन्छ । अहिले एकाउन्टिङ्ग, विजनेस् स्टडिज्, हस्पिटालिटि, आइटि, नर्सिङ्ग, इन्जिनियरिङ्ग आदी नेपाली विद्यार्थीका रोजाइमा पर्छन् ।
बैदिशिक अध्ययनमा जाने नेपाली विद्यार्थीहरुले पुरा गर्नुपर्ने न्युनतम योग्यता के हो ? र छात्रवृत्तिको पाटो क कस्तो छ ? विदेशमा उच्चशिक्षाको लागि जान चाहने नेपाली विद्यार्थीहरुले १०+२ वा सो भन्दा माथी पास गरेको हुनुपर्छ । त्यसैगरी आफ्नो शैक्षिक योग्यता, पढ्ने विषय र तह अनुसार भाषा परिक्षा (आईएलटिस) मा स्कोर ल्याउनुपर्छ । साथसाथै विद्यार्थी शैक्षिक, भाषा परिक्षाको साथमा आर्थिक रुपमा पनि सक्षम हुनुपर्छ । त्यहाँ अध्ययन गर्न लाग्ने शुल्क तिर्न सक्ने हुनुपर्छ । छात्रवृत्तिको लागि प्रकृया त्यहाँका कलेज विश्वविद्यालय अनुसार फरक फरक हुने गर्दछ । विशेष गरेर १०+२ अथवा स्नातक तहमा उत्कृष्ट अंक, आईएलटिसमा राम्रो अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्न सक्छन् ।
युनिभर्सिटी कसरी रोज्ने ? विद्यार्थीको विषयगत रोजाई, त्यहाँ अध्ययन गर्दा लाग्ने शुल्क, युनिभर्सिटिले दिने सेवा सुविधाहरु, छात्रवृत्ति सम्बन्धी अवसर, युनिभर्सिटि रहेको स्थान अनुसारनै युनिभर्सिटि रोज्ने हो । हरेक विद्यार्थीको इच्छा आकांक्षाहरु फरक हुन्छन् । त्यसको साथै आर्थिक पाटो पनि महत्वपूर्ण हुने हुनाले आफ्नो क्षमता अनुसारको युनिभसिटी रोज्नुपर्छ ।
नेपाली विद्यार्थी र अभिभावकको कोणबाट हेर्दा अष्ट्रेलिया उच्च शिक्षाको लागि कस्तो गन्तव्य हो? अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि राम्रो गन्तव्य हो । त्यहाँको हावा पानी, गुणस्तरीय शिक्षा, सुरक्षित जीवनशैलि, सुरक्षित करियर र रहरलाग्दो रहनसहनले गर्दानै अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि पहिलो रोजाई बनेको हो । संसारकै उत्कृष्ट विश्वविद्यालयहरु, स्नातक अथवा सो भन्दा माथिको पढाई सकेपछि आफुले पढेका कुराहरु व्यवहारमा उतार्नको लागि २ देखी ३ वर्षको पोस्ट स्टडी वर्क भिसा दिने गर्दछ । यदी त्यहाँका कलेज विश्वविद्यालय केही गरेर बन्द हुन पुगेमा त्यहाँको सरकारले विद्यार्थीले फिर्ता पाउनु पर्ने रकम फिर्ता दिलाउँछ ।
विद्यार्थीले शैक्षिक परामर्श सेवाका लागि नेप्कम्स्लाई नै किन रोज्नु पर्ने? नेप्कम्स् सर्भिसेजको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ । त्यसैगरि मेलवर्न, नेपालमा काठमाडौं, वुटवल, धरान र पोखरामा यसको कार्यालय रहेको छ । हामीले विद्यार्थीलाई नेपालमा मात्र नभएर अष्ट्रेलिया गएपछि पनि कुनै समस्या नहोस् भनेर अभिभावकीय जिम्मेवारी वहन गरी सहयोग गछौं । विद्यार्थी विदेश पुगेपछि एयरपोर्ट पिकअप, एकोमोडेसन म्यानेजमेन्ट, मोबाइलको सिम कार्ड उपलब्ध गराउने व्यवस्था हामीले नै गर्छौं । अष्ट्रेलियामा रहेका विभिन्न कलेज विश्वविद्यालयहरुसँग यसको राम्रो सम्बन्ध रहेको छ । हामीसँग विगत लामो समय देखी यस क्षेत्रमा काम गरेका अनुभवी र तालिम प्राप्त काउन्सलरहरु छन् ।
बैदेशिक अध्ययनका जानको लागि कुन कुन देशमा विद्यार्थीहरुलाई लाग्ने खास खर्च कति हुन्छ? विद्यार्थीले छनोट गरेको कोर्ष तथा युनिर्भसिटीको आधारमा नै कती लगानी लाग्छ भन्ने कुरा भर पर्दछ । विदेशका कलेज विश्वविद्यालय अनुसारको ट्युसन फि हुन्छ । त्यसैगरि विद्यार्थीले स्वास्थ्य विमा अनिवार्य गर्नुपर्ने हुन्छ । त्यसकारण विद्यार्थीले अध्ययन गर्ने विषय, विश्वविद्यालय, देश, विश्वविद्यालय रहेको सहर अनुसार खर्च निर्धारण हुन्छ ।
भिसा प्रोसेसका तयारी के के हुन् ? भिसा प्रोसेसका लागि सबै भन्दा पहिला विदेशमा रहेका कलेज अथवा विश्वविद्यालयमा भर्ना हुनु जरुरी छ । भर्ना भएपछि अफर लेटर पठाउँछन् । त्यसपश्चात भिसाको लागि आवश्यक पर्ने विभिन्न थरिका जस्तै नाता प्रमाणित, आम्दानी विवरण, सम्पत्ती विवरण, बैंक व्यालेन्स अथवा बैंक लोन लगायतका डकुमेण्टहरु तयार गर्नुपर्ने हुन्छ । देश अनुसार विद्यार्थीहरुलाई अन्तवार्ताको पनि तयारी गर्नुपर्ने हुन्छ । त्यसपश्चात सम्बन्धीत देशको भिसा आवदेन फर्म भर्ने, भिसा शुल्क तिर्ने र डकुमेण्टहरु बुझाउनु पर्ने हुन्छ । देश अनुसार मेडिकल र बाओमेट्रिक पनि गर्नुपर्ने हुन्छ ।
भिसा प्रकृयाका लागि विद्यार्थीहरुलाई कसरी सघाउ पुर्याउनुहुन्छ? शैक्षिक परामर्श क्षेत्रमा विगत लामो समयदेखी काम गरेको अनुभवी तथा तालिम प्राप्त काउन्सलरहरुबाट भिसा प्रकृयाका लागि विद्यार्थीहरुलाई सघाउ पुर्याउछौं । भिसाका लागि आवश्यक पर्ने डकुमेण्टहरु कहाँ र कसरी बनाउने भन्ने विषयमा परामर्श दिन्छौं । त्यसैगरी आवश्यक परेको खण्डमा अन्र्तवार्ताको लागि तयारी पनि गराउँछौं । भिसा आवेदन फर्म भर्न, भिसा शुल्क तिर्नको लागि पनि सघाउँछौं ।
भिसा भइसकेपछि के के गर्नुहुन्छ ? विद्यार्थीको भिसा भइसकेपछि विद्यार्थीले यात्रा गर्दा अपनाउनु पर्ने कुराहरु, सम्बन्धीत देशका नियमहरु, सपिङ्ग गर्दा के के कुराहरु आवश्यक पर्छ, विद्यार्थीलाई आवश्यक परेमा सहुलियत दरमा टिकट मिलाउने, त्यहाँ पुगेपछि एयरपोर्ट पिकअप गर्ने, विद्यार्थीलाई बस्नको लागि एकोमोडेसनको पनि व्यवस्था गर्छौं ।