• पूर्वी माछापुच्छे बेसक्याम्प : उत्कृष्ट पर्यटकिय गन्तव्य

    September 10, 2019     8:55 pm

    नवराज दाहाल । पोखरा । सरकारले सन २०२० लाइ भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने नेपाल सरकारको लक्ष्य छ । लक्ष्य प्राप्तीका लागि सरकारी संयन्त्र प्रचार अभियानमा जुटेको छ । भ्रमण वर्षको प्रचार मात्रै होइन पर्यटकिय सम्भाव्यताको स्थानको पहिचानमा सरकार लागि रहेको छ । यसो त पोखरा नेपालकै प्रमुख पर्यटकिय गन्तब्य हो । यस आसपासका थुप्रै ग्रामिण क्षेत्र पर्यटकिय दृष्टिले प्रचुर सम्भावना बोकेर पर्यटकको पर्खाइमा बसेका छन् । यहि गन्तब्यहरु मध्य पूर्वी माछापुच्छे« बेसक्याम्पमा आन्तरिक तथा बाहय पर्यटकका लागी टे«किङमा रमाउने एक उत्कृष्ट थलो बन्न सक्छ । माछापुच्छे« हिमालको सुन्दरतालाई नजिकबाट नियाल्न यो सबैभन्दा उपयुक्त ठाउँ हो । जहाँ नजिकै हिमालको मनमहोक दृश्यलाई एक टकले हेर्न र त्यसको आनन्द लिन सकिन्छ । शहरको कोलाहल र दैनिक तनावको व्यवस्थापनका लागि प्रकृतिको अनुपम सुन्दर स्थानहरु पुर्नताजगीका लागि राम्रो कारण हुन सक्छ । हिमाल, डाँडाकाडा, हरियाली वनजंगल, छहराले भरिपूर्ण सुन्दर नेपालको विचित्र संसारको खास अनुभव त्यहाँ पाउन सकिन्छ ।

    प्राकृतिक छटाले भरिएको ल्वाङ क्यानोइङ, घलेल क्यानोइङ, लामो छहरा हुँदै गण्डकी प्रदेशकै अग्लो दावी गरिएको आलङगे झरना जुन एक सय मिटर भन्दा अग्लो रहेको छ । समय अनुसार फुल्ने विभिन्न प्रजातिका ढकमक्क फुलेका फुलहरुले स्वर्गीय आन्नदको महसुस हुन्छ । प्रकृति र संस्कृतिलाई खुला विश्वविद्यालयको रुपमा मान्दछौँ जसमा कुनै प्रमाणपत्रको आवश्यकता पर्दैन, सयौँ बर्षदेखी अभ्यास गर्दै आइरहेको ज्ञान, सीप, क्षमता र धारणाको अभिवृद्धि गर्न सम्बन्धित स्थान र परिवेशमा प्रभाबकारी तरिकाले सिकाइको आद्रान प्रदान गर्न सकिने थलोको रुपमा पनि यसलाई लिन सकिन्छ । पोखरा २५ मिलनचोकवाट मोटरबाटो हुदैँ माछापुच्छे« गाउँपालिकाको द्धार मर्दी पुल लाहाचोक हुदैँ प्रसिद्ध धार्मिक गुफा, पातीखोला गुफा, अनन्य ठाटी रिभान(५) बाट पारी देखिने लामो छहरा, मोहोरा, धिताल, ल्वाङ, खोरामुख, कोलेनी, लुम्ले तथा घलेल गाउँका मनमोहक दृष्यहरु यात्राका क्रममा अवलोकन गर्दै देउरालीसम्मको १६ किलोमिटरको मोटरयात्रा पश्चात कुइबाङको होमस्टे पुग्न सकिन्छ । जहाँवाट पदयात्रा सूरु भई कम्तीमा तीन दिनमा पुग्न सकिने माछापुच्छे« मोडल ट्रेक अन्तर्गत कोच्रोन हुदैँ माछापुच्छे«को पूर्वी बेसक्याम्पमा पुग्न सकिन्छ ।

    माछापुच्छे« गाउँपालिकाका वडाहरु हुदैँ कुइवाङ, सैतीखोला, इमु, तक्रो, प्रुन्धु, मेरवुङको पूर्व आलेङगे झरना वाट उतरतर्फ नौढोके हुदैँ मेतपुरुङ, सितलडाँडा बाट मेस्रुङ हुदैँ कोच्रोन पुग्न सकिन्छ । जहाँ वाट ३६८२ मिटर उचाइमा अवस्थित भ्यू पोइन्टवाट माछापुच्छे« हिमाल सँगै एक दर्जन हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । रमाइलो गन्तब्यमा पुग्न अप्ठयारो गन्तब्यलाई छिचोल्दै जादाँ त्यहाँबाट देख्न सकिने मनोरम दृष्यले त्यहाँ पुग्दाका कठिनाइलाई क्षणभरमानै विर्सिएर प्रकृतिको काखमा रमाउन सकिने छ । पहिलो दिनमा साँस्कृतिक, दोस्रो दिन जीब र बनस्पतीको विषयमा र तेस्रो दिनमा सूर्योदय, पोखराको रात्रीको दृश्य, झन्डै एक दर्जन हिमालहरु एकै ठाउँबाट मात्र होइन करिब नेपालकै २५ प्रतिशत भुभागहरु एकै ठाउँबाट नियाल्न सकिने छ ।
    जाडोयाममा हिउँमा चिप्लिएर खेल्ने तथा रमाउने अवसर प्राप्त गर्न सकिन्छ । गर्मी मौसममा गर्मी छल्नका लागी उपयुक्त गन्तव्य मानिन्छ । तथा चैत वैशाखमा ढकमक्क प्राकृतिक वगैंचाको रुपमा फैलिएका विभिन्न थरिका गुरासँहरु देख्न सकिन्छ ।


    नेपालको राष्ट्रिय पक्षी डाँफे देखी नेपालमा मात्र पाइने काँडे भ्याकुर, मुनाल, कालीज, कोइली तथा ढुकुर जस्ता विभिन्न प्रजातिका चराचुरुङ्गीका आवाज सँग रम्दै उकाली ओराली गर्न सकिन्छ ।
    स्थानीय अगार्नीक कोदोको परिकार, दुधको परिकार तथा तरकारीहरुको स्वादको मज्जा लिन सकिन्छ । एउटै यात्रामा गुरुङ मगर तामाङ्ग तथा व्राह्मण, क्षेत्रीको जीवनशैली र सँस्कृतिको वारेमा अध्ययन गर्न पाउने हुँदा, रिर्सचको लागी उपयुक्त रोजाई हुन सक्छ । तारेभिर, क्षेताक्य बराह, मर्दी वराह, नौढोकेको वराह लगायतका प्राकृतिक तथा धार्मीक आस्थाका धरोहरहरु स्थानीय आम्दानीको स्रोतसँगै पर्यटनलाई जोड्ने वडाको योजना अनुरुप कुइवाङ गाउँमा गाउँलाई नमुना वनाउने योजना सहित खासगरि महिलाहरुको आयआर्जनमा जोड दिई आत्मनिर्भर बनाउनका लागी अल्नो धागोवाट कपडा वुन्ने मेशिनहरु जडान गरी उत्पादन शुरु गरिएको छ । लामो देखी छोटो होमस्टे, टी हाउस एवम क्याम्पीङ ट्रेक गर्न सकिने सुलभ र पोखरावाट नजिक तथा अहिलेसम्मको भर्जिन उक्त ठाउँमा रमाउन र घुम्न आकर्षक रहेको छ । दक्षिण एसियाकै प्रख्यात असला माछा तथा ठाटी र सैतीखोलामा रहेको रेन्वो ट्राउटमा ट्रेकिङवाट फर्के पश्चात जाँदा र आँउदाको थकाईलाई विश्राम गरी माछाको स्वादसँगै हिमालको चिसोलाई छल्दै माछाको तातो सुपको स्वादमा रमाउन सकिन्छ । उक्त ठाउँमा राज्यले पर्यटन प्रवदनका लागी न्यूनतम पूर्वाधारहरु खाना वस्नका लागी आवश्यक क्याम्प साइड तथा टी हाउस निर्माण गरी राजस्व समेत संकलन गर्न सके दोहोरो फाइदा पुग्ने देखिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।