• नेपाल-चीनबीच तीन सम्झौतामा हस्ताक्षर, मनाङमा ३५ करोडको अस्पताल बनाइने

    September 9, 2019     9:25 pm

    काठमाडौं भदौ २३ । नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको छ। होटल याक एण्ड यतीमा सोमबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको हो।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा दुई देशका अधिकारीहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

    सहमति अनुसार चीनले नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाइदिने भएको छ।

    चीन सरकारले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई पाँच हजार टेन्ट र वर्षाका कारण बाढीपहिरोबाट प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ।तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।