• नेविसंघ जिल्ला नेताको गाडीमा अज्ञात समुहले धारिलो हतियार प्रयाेग गरि तोडफोड

    March 22, 2019     7:54 pm

    पोखरा, ८ चैत्र
    नेपाल विद्यार्थी संघ नवलपुर जिल्ला सहसचिव रबिन जंग कार्की क्षेत्रीको निजी गाडीमा हिजो राती अज्ञात समुहले तोडफोड गरेका छन् । गैंडाकोट नवलपुर स्थित घर अगाडी पार्किङ गरिराखेको बा १२ च ९८४७ नम्बरको सवारी साधन तोडफोड भएको हो । गए राती २ बजे हतियार सहित आएका ४–५ जनाको समुहले उनको गाडी तोडफोड क्षेत्रीले बताए।


    तोडफोडमा धारिलो हतियार प्रयोग भएको देखिन्छ । गाडीको सम्पुर्ण सिसा फुटेको छ । तोडफोडमा हतियार प्रयोग भएकोे स्पष्ट निशान गाडीको शिशामा देखिएको छ । तोडफोडका कारण करिब २ लाख बराबरको क्षति पुगेको क्षेत्रीले बताए । घटना बारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यलय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक लाेकबहादुर जिसिले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।