• ग्यास्ट्रिक किन हुन्छ ? यस्ता छन् मुख्य ५ कारण

    September 9, 2019     6:16 pm

    काठमाडौं भदौ २३ । पेटमा हुने एसिडले खाना पचाउनेदेखि खानामा आएका बाहिरी ब्याक्टेरियालाई मार्ने काम गर्दछ । तर पेटमा हुने अम्लीय पदार्थको उत्पादन बढी भएमा त्यसले तन्तुलाई जलाउने गर्दछ जसलाई साधारण भाषामा ग्यास्ट्रिक भनिन्छ ।

    ग्यास्ट्रिक हुँदा पेट फुल्ने, ढ्याउ आउने, पेट भारी हुने, खाना नपच्ने, बान्ता हुने वा पेट दुख्नेजस्ता समस्या देखिन्छन् । लामो समयसम्म खाना नखाँदा पनि ग्यास्ट्रिक भई पेट पोल्ने, खान मन नलाग्ने लगायतका समस्याहरु हुने गर्दछन् । जसका कारणले पाचन प्रकियामा असर पु¥याँउछ र शरीरमा रगत र क्याल्सियमको कमी गराउन सक्छ ।लामो समयसम्म ग्यास्ट्रिक हुदा कालान्तरमा अल्सर हुँदै क्यान्सरसम्म हुनसक्छ ।

    ग्यास्ट्रिक हुनुको कारण ?

    – ग्यास्ट्रिक हुनुको मुख्य कारण भनेको खानपानमा हुने गडबडी हो । समयमा नखाने तथा पाएको बखतमा जे पानि खाने बानीले मानिसलाई ग्यास्ट्रिक हुने गर्दछ ।

    – बढी चिल्लो तथा मसालेदार खाना खानाले समेत ग्यास्ट्रिक हुन्छ भने तारेको, भुटेको खानाका कारणले पनि ग्यास्ट्रिक हुन्छ ।

    – बाहिरी खानाको प्रयोग गर्ने, फास्टफूड र जंकफूडको अत्यधिक सेवन गर्ने तथा झोलिलो खाना नखाने ब्यक्तिमा समेत ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।

    – शरीरमा भएका दीर्घरोगको नियन्त्रणका नाममा सेवन गरिने औषधि र बिषेशतः दुखाई कम गर्ने औसाधिको सेवन गर्दा समेत ग्यास्ट्रिक हुन्छ ।

    – मदिरा, सुर्ती तथा ड्रग्सको सेवन गर्नेहरुमा र मानसिक तनाव लिनेहरुमा समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।