• मंगलबारदेखि नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आउने

    September 9, 2019     6:09 pm

    काठमाडौं भदौ २३ । आगामी मंगलबारदेखि भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ स्वीच अन गरी उद्घाटन गरेपछि पेट्रोलियम नियमित नेपाल आउने छ ।

    नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादवका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ । दैनिक २० घन्टासम्म ३० हजार किलोलिटर तेल पाइपबाट नेपाल आउनेछ ।

    अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई गरी ४ ट्यांकीमा अमलेखगञ्ज डिपोमा तेल जम्मा हुनेछ ।नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।