• राष्ट्र बैंकले निकाल्यो नयाँ नोट बाड्ने सूचना, कहाँबाट लिने नयाँ नोट

    September 9, 2019     5:56 pm

    काठमाडौं भदौ २३ । नेपालीहरुको राष्ट्रिय पर्व दशैंको तयारी देशैभरि सुरु भइसकेको छ । दशैंमा टीका लगाउँदा नयाँ नोट दक्षिणा दिनु नेपालीहरुको प्रचलन नै हो । नेपाल राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट वितरण गर्ने गर्दछ । यस वर्ष पनि असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने सूचना राष्ट्र बैंकले जारी गरेको छ ।

    नेपाल राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका २८ वटा बाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने जनाएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ ।यस वर्ष नेपाल राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने जनाएको छ । एक पटकमा प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ । यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

    नेपाल बैंकको काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइनेछ । त्यस्तै, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्ने पाउनेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।