• займ онлайн

    नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ कोे पहिलो राउन्ड सम्पन्न

    September 9, 2019     4:41 pm

    बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को अडिसन पछिकोे पहिलो राउन्ड पोखरा मा सम्पन्न भएको छ ।

    ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका थिए । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका थिए ।

    पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी छनोट भएका १५ जना प्रतिष्पधी हरु बिच बिभिन्न चरणमा प्रतिष्पर्धा गराई गराइएको थियो । सोहि क्रममा यो हप्ताको नेपाल आईस मोडल अफ द वीक निशा नेपाली हुन सफल हुनुभएको छ । तेसै गरि सुजुकि मोडल अफ द वीक समिक्षा लयालु हुन सफल हुनुभएको छ । अघिल्लो हप्ता ५ जना प्रतिष्पधी हरु डेन्जर जोनमा परेका थिए । यो हप्ता ५ जना प्रतिष्पधी हरु मध्य २ जना प्रतिष्पधी हरु ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ बाट बहिरिएको कोरियोग्रफ प्रबल गुरुङले जानाकारी दिए ।

    बाकि छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । तेसै गरीे प्रतियोगीताको मेन स्पोन्सर क्यान भाष रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको फस्ट रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरिने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको टिआरा ईन्टरटेनमेन्टले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।