• फोर्स मोटर्सको शोरुम हेटौंडामा

    September 9, 2019     4:36 pm

    हिमालय अर्गनाईजेशन पोखरा अन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आईतबार एक कार्यक्रमका विच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष्ँ कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष्ँ ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानियमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ ।
    कंपनीले महान चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहक बर्गलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष्ँ ध्रुब थापाले बताए । कम्पनीका अनुसार दशै तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाख सम्मको छुट तथा विषेश उपहारहरु प्राप्त गर्न सक्ने बताइएको छ । फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, ईन्धन किफायती र आरामदायीको लागी प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख कि.मी सम्मको वारेन्टी सुविधाका साथै ६ पटक सम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।
    बिगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडिहरु आयात तथा बिक्री वितरण गर्दै आईरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किङ्ग पिकप , ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यस गाडीको काठमाण्डौंको गैरिधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भईरहेको प्रवन्ध निर्देशक निरन के.सीले बताए । विक्री संगै विक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।