• प्रकृति, सस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको आधार मुख्यमन्त्री गुरुङ

    September 9, 2019     4:30 pm

    पोखरा २३ भाद्र । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन । सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरिक्षण पश्चात पत्रकारहरुसंग संक्षिप्त प्रकृया दिदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेशमा रहेको प्रकृति र साहसिक पर्यटनका ठाउहरुलाई विभिन्न जातिको सस्कृतिसंग जोड्ने प्रयास गरिरहेको बताए ।

    गण्डकी प्रदेश जातजातिको संगम थलो भएको बताउदै मुख्यमन्त्री गुरुङले विभिन्न जातिका संग्रहालय तथा सास्कृतिक पक्षहरुले प्रदेशमा आउने पर्यटको बसाई लम्बाउन सहयोग पुग्ने बताए । उनले नेवार जातिको सस्कृतिमा धीन रहेको बताउदै अन्य जातिको सास्कृतिक पक्षहरुलाई जोगाउन आवश्यक रहेको समेत बताए । उनले विभिन्न जातजातिको यस्ता सास्कृतिक पक्षलाई जोगाउन प्रदेश सरकार नितिगत रुपमा लागिरहेको बताए ।

    निरिक्षणको क्रममा मुख्यमन्त्री गुरुङ नेवार समुदायको तीन सताब्दी पुरानो जनजिवनमा प्रयोग गरिने समाग्रीहरु अवालोकन गरेका थिए । प्रदेशले सन २०१९ लाई आन्तरिक भ्रमण बर्ष घोषणा गरेर आन्तरिक पर्यटन आगमनलाई महत्व दिइरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।