• मुनाल सहकारीको एघारौं वार्षिक साधारण सभा सम्पन्न , एसएमएस बैकिङ र डिस्काउन्ट कार्ड सुबिधा

    September 8, 2019     11:14 pm

    पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननिय किरण गुरूङले मुनाल सहकारीले गरेको कार्यको प्रशंसा गर्दै सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने बताउँदै पैसालाई जति चलायमान बनाउन सकियो देशको अर्थतन्त्र त्यति नै मजबुत हुने बताउनुभयो ।

    सहकारीले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप एसएमएस बैकिङ सेवाको शुभारम्भ गरेको छ । शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न मुनाल डिस्काउन्ट कार्डको समेत निशुल्क वितरण सुरु गरिएको छ । हाल यो डिस्काउन्ट कार्डबाट पोखराका विभिन्न हस्पिटलबाट औषधी, ल्याब तथा विशेषज्ञ सेवामा न्युनतम दश प्रतिशत देखि अधिकतम तिस प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताए ।
    कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, केन्द्रीय बचत तथा क्रण संघका सञ्चालक भिम गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले, एनआईसी एसिया बैंक का गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, संस्थाका सल्लाहकार रामजीप्रसाद बाँस्तोला, जयन्द्र राजभण्डारीे, उपाध्यक्ष खेमनारायण खनाल, बयोवृद्ध सदस्य रग बहादुर गुरुङ लगायतले बोलेका थिए ।

    कार्यक्रममा कोषाध्यक्ष नारायणबहादुर थापाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, सचिव मगनलाल श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र लेखासमितिका डिलाराम लामिछानेले प्रस्तुत गरेको लेखासमितिको प्रतिवेदन उपर छलफल गरि सर्वसहमतिले पारित गरिएको मुनाल सहकारीका प्रबन्धक अम्बर बहादुर थापाले बताए । समारोहमा सहकारीका शेयर सदस्य रमेशराज पौडेल र गोदावरी गिरीलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट कर्जा उपयोगकर्ताबाट सम्मान गरिएको थियो । वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी कृष्णकुमारी पौडेललाई सम्मान गरिएको थियो ।
    सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष मेघनाथ काफ्लेले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य सुधा थापाले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मगनलाल श्रेष्ठले गर्नुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।