गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईको हस्तान्तरण कार्यक्रम हुन नसक्दा समस्यामा फसेको छ । २०१९-२१ कार्यकालका निम्ती नयाँ कार्यसमिती चुन्ने आवस्यक सबै कार्यक्रम सम्पन्न भएता पनि सहमति कार्यान्वयन नहुँदा कार्यसमिति अपूर्ण र हस्तान्तरण कार्यक्रम समेत हुन् नसकी समस्यामा फसेको हाे । सहमतिका आधारमा सबै पक्षलाइ समेटेर लैजाने भन्दै भातृसँगठन प्रमुखहरुको संयन्त्र, निर्वाचन समिती र पुरानाे कार्यसमितिका अध्यक्ष तथा पदाधिकारी विच भएको सम्झौता नया कार्यसमितिका अध्यक्ष प्रकाश कोइराला र महासचिब निश्चल दाहाल र उपाध्यक्ष पासांग शेर्पाले किचलो निकाले पछि निर्वाचन समिति समेत अप्ठेराे परेको स्राेतले बतायाे ।
आइसीसीमा पठाउनु पर्ने रकम समेत पठाउन नसकिएकाे तथा सहमति अनुरुप सबै कार्य तत्कालै लागु गर्न आफु तयार भए पनि दोश्रो पक्षले सहमति लागु नगरी आफुलाई धाेका दिएको पुरानाे कार्यसमितीका अध्यक्ष रमेश श्रेष्ठले बताए । सबै कुरा अन्तिम सहमतिमा पुगेको तर अन्त्यमा प्रवासी नेपाली मंचले प्रकाश कोइराला र उनको टिमलाइ सहमति लागु नगर्न दबाब दिंदा सबै कुरा फेरी भाँडिएको जानकारहरु बताउछन । सोही सहमती लागु नगरेको भन्दै अहिले जनसम्पर्क समितिका सभापति तथा जनप्रगतिशिल मंचका अध्यक्ष बाबुराम बिश्वकर्मा समेत प्रवासी मञ्चका पदाधिकारीहरु संग रुष्ट भएको र सहमति नभाँड्न चेतावनी दिएका छन् । यहि अवस्था रहे यूएईबाट आइसीसीमा उम्मेदवारी दिने आइसीसी सदस्य र पार्सदहरु जान नपाउने अवस्था आउन सक्ने कुराले अहिले धेरैको ध्यान खिचेको छ । अध्यक्ष रमेश श्रेष्ठका अनुसार सहमति लागु गर्ने कुरामा पछि हटेर समस्या समाधान नहुने बरु झन् समस्या बल्झिने बताउदै सबै पक्षलाइ सहमतीमा आउन आग्रह समेत गरेका छन् ।
सहमतीमै सबै कुरा टुंग्याउने कुरा भएपश्चात उम्मेद्वारी दिएको पनि फिर्ता गरेको तर अन्त्यमा आफु माथि घात गरेकोले समस्या आएको श्रेष्ठले बताए। श्रेष्ठले पनि अध्यक्षका निम्ती उम्मेदवारी दिएको तर सहमतीमा जाने भनेर लिखित सहमती भए अनुरुप उम्मेद्वारी फिर्ता गरेका थिए । राजनीतिक संयन्त्रकातर्फबाट प्रवासी मंचका श्याम कंडेल, श्याम पाठक, जनसम्पर्क समितिका तर्फ बाट भुवानी तिमिल्सिना र खेमराज बस्नेत तथा जनप्रगतिशिल मंचका तर्फबाट बाबुराम बिश्वकर्मा, मध्य पुर्व उपसंयोजक गोपाल कंडेल, आइसीसी सदस्य ठाकुर ढुंगाना, आइसीसी सदस्य मनोज कुमार श्रेष्ठ निर्वाचन समिति संयोजक राजेश दर्शन अर्याल तथा सदस्यहरु, अध्यक्ष रमेश श्रेष्ठ, १९-२१ कार्यकालका अध्यक्ष प्रकाश कोइराला लगायतले लिखित सहमति गरेको माइन्युट समेत हुँदा पनि सहमति उल्लङ्घन गरेर समस्या निम्त्याएको हाे ।
सहमति भाड्नका निम्ती प्रवासी मंचका श्याम कंडेल र जनसम्पर्क समितीका चित्र केसीले भूमिका खेलेको भन्दै आलोचना गरेका छन् । चित्र केसी लाइ जनसम्पर्क समिति लाइ बन्धक बनाइ प्रवासी मंचकाे इशारामा नाचेकाे भन्दै सामाजिक संजालमा समेत आलोचना गरेकाे छ ।