• सुपथ मूल्य पसल भदौ २३ गतेदेखि सञ्चालनमा आउने

    September 8, 2019     10:21 pm

    काठमाडौं, भदौ २२ । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर भदौ २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर भदौ २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो।

    शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दूग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए। सुपथ पसल सञ्चालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ। विभागले यस वर्ष खसीबोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था पनि गरेको छ।

    त्यसैगरी, चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए। विभागले चाडपर्वका बेला कालोबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दाबी पनि गरेको छ। महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिए।

    बैठकमा समितिका सदस्यहरुले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए। समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेकी थिइन्। उनले तीजमा सारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको? भनि सरकारलाई प्रश्न गरिन्।त्यसैगरी समितिकी अर्की सदस्य दील कुमारीले बजारमा खाद्य वस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाइन्। उनले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन पनि सरकारलाई सचेत गराइन्। समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराएका थिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।