• राष्ट्रपतिद्वारा शिक्षा दिवसमा विद्याभुषण प्रदान

    September 8, 2019     10:16 pm

    काठमाडौं, भदौ २२ । राष्ट्रपति विद्या भण्डारीले शिक्षा दिवसकाे अवसरमा नेपाल विद्याभुषण पदकबाट सुशाेभित गरेकी छिन् ।राष्ट्रपति कार्यालय, शितल निवासमा आयाेजित विशेष समाराेहमा नेपाल विद्याभुषण ‘क’ पदकबाट २३१ जना सुशोभित भएका छन्। देश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधी गर्नेहरुलाई उक्त पदकबाट सम्मानित गर्ने गरिन्छ।

    यस्तै ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १०१ जनाले प्राप्त गरे। यस्तै ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट ३० छात्रा पुरस्कृत भएका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन्।चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा पदक वितरण समारोहको आयोजना गरेको थियो।नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो। यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य ‘हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।