• पाेखराका जुवा अड्डामा प्रहरीकाे छापा, करिव पाैने ३ लाख सहित २५ जुवाडे पक्राउ

    September 8, 2019     10:23 pm

    पोखरा महानगरपालिका वडा नंवर ३२ तल्लो गगनगौडा स्थित जंग बहादुर पुनको घरमा जुवा खेलिरहेकाे अवस्थामा प्रहरीले छापा मार्दा १९ जना पक्राउ परेका छन् । तास खेलि खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले तास खेलि रहेकाे तथा खेलाइरहेको अबस्थामा घरघनि जंग बहादुर पुन सहित १९ जनालाइ पक्राउ गरेकाे हाे ।

    उनीहरुबाट एक लाख छ हजार सात सय अठचालिस रुपैया सहित आठ बुक तास पनि बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । पक्राउ परेकाहरुलाइ जुवा मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ।

    यस्तै पाेखरा महानगरपालिका वडा नंवर ९ प्रगतिमार्गबाट जुवा खेलीरहेकाे अवस्थामा ६ जना पक्राउ परेका छन् । चन्द्र बहादुर गुरुङको घरमा जुवातास खेलिरहेकेा अवस्थामा प्रहरी टोलीले चन्द्र बहादुर गुरुङ सहित ६ जनालाई नगद एक लाख छैसठ्ठी हजार दुई सय पन्चानब्बे रुपैया सहित चार बुक तास बरामद गरेकाे छ । पक्राउ परेकाहरुलाइ जुवा मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएकाे छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।