• भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक !

    September 7, 2019     10:15 pm

    केही समय अघि सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल बन्यो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइएको छ ।

    समाचार माध्यमहरुले जनाएअनुसार, मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न खोजिएको छ । शुरुमा त्यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । जसमा भनिएको छ, ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा इन्जोय गरिरहेका छन् ।’

    त्यस लगत्तै त्यो पोस्ट यति भाइरल बन्यो कि केही समयमै हजारौंले लाइक र सेयर गरे । तस्वीरमा मोदी जस्तै देखिने ब्यक्ति टेम्पोमा बसेका छन् । सो तस्वीर अन्य धेरैले पनि सेयर गरेका छन् । तर, त्यो तस्वीर मोदीका भाइको नभएको तथ्य पछि पत्ता लागेको छ ।

    यस सम्बन्धी जानकारी सन् २०१६ मै फोर्थ डट इन नामक साइटमा प्रकाशित भइसकेको छ । उनी अदिलावादस्थित अटो ड्राइभर भएको र उनी हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने समाचार त्यति बेलै सार्वजनिक भइसकेको थियो । समाचार माध्यमहरुमा जनाइए अनुसार, उनको नाम शेख अयुव हो । उनले पहिले आरटीसी बस चलाउथे । त्यसपछि उनले टेम्पो चलाउन थालेका हुन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।