• वडा अध्यक्षसंग स्थानियकाे गुनासाे

    March 22, 2019     6:19 pm

    कास्की चैत्र ८
    अन्नपूर्ण गाउँपालिका कृषि शाखाले वितरण गरेको २ सय ५० टनेल मध्ये अनुगमनका क्रममा १ सय वटा मात्रै भेटिएपछि वास्तबिक कृषकहरुले गुनासो पोखेका छन् ।
    सामुदायिक वनका अध्यक्ष बुद्धि बहादुर कुंवरले आवश्यकताको आधारमा भन्दा पनि चिनेजानेको आधारमा टनेल मात्र वितरण गर्ने परिपाटीले गर्दा पनि समस्या आएको बताए ।
    मानवअधिकार निगरानी समुह ढिकुरपोखरीको बैठकमा बोल्दै अध्यक्ष कुँबरले अन्य टनेल कहाँ कुन अवस्थामा रहेका छन् भनि अनुगमन गर्न समेत माग गरेका छन् ।
    सिम्पानी उपभोक्ता खानेपानी समितिका अध्यक्ष शिव बहादुर सुवेदीले एक द्धारप्रणाली लागु पर्नेे भन्दै एउटा श्रोतबाट पानी खाएकोमा अर्को श्रोतबाट पानी खान नपाउने नियम बनाउन माग गरेका छन् ।
    ढिकुरपोखरीमा केही समय अगाडी खानेपानीमा कोलिफर्म भेटिएको भन्दै मानवअधिकार निगरानी समुहले ध्यानाकर्षण गराएको थियो ।
    कार्यक्रममा बोल्दै १,२ र ३ का वडा अध्यक्ष क्रमश भरतजंगकुंवर, चुडामणी अधिकारी र चन्द्र बहादुर गूरुङ्गले नागरिकहरुको गुनासो र अनुगमनले आफुहरुलाई समेत काम गर्न हौसला प्रदान गर्ने हुँदा वडागत निगरानी समुह गठन गर्ने प्रतिवद्धता जनाए ।
    मानवअधिकार निगरानी समूहका संयोजक चर्तुमान विश्वकर्माले मानवअधिकार निगरानी समुहले उठाउँदै आएका स्थानियका समस्याहरुलाई सम्बोधन गर्न गाउँपालिकालाई आग्रह गरे ।
    उनले पानीमा देखिएको तत्काल कोलिपर्मको जांच गर्नु, कृषि बाट दिइएको टर्नेलको अवस्थाको बारेमा जानकारी गराउन माग समेत गरेका छन् ।
    अध्यक्ष विकले आगामी शैक्षिक सत्रका लागि विधालय भर्ना अभियानमा मानवअधिकार निगरानी समूहले लगायत टोलवासी, आमासमूह, वुद्धिजीवी सहित सवैसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्न बताए ।
    कार्यक्रमको उद्धेश्य सहित स्वागत कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।