• के हो त डेंगू ? बच्ने उपाय

    September 7, 2019     10:02 pm

    डेंगु रोग अहिले नेपालको विभिन्न क्षेत्रमा देखा परेको छ । के हाे डेँगु । के हो त डेंगू (ज़्वोरो) फ़ीवर ? डेंगू फ़ीवर एक आम संचारी (सरुवा ) रोग हो । यसको मुख्य विशेषता भनेको तिब्र ज़्वोरो आउनेु , अत्यधिक शरीर दूख्ने तथा टाउको दूख्ने हुन्छ । यो रोग लामखुट्टे (मच्छर) पाईने स्थानमा समय समयमा देखा परिरहेको हुन्छ र कहिलेक़ही यसले महामारीको रूप पनि लिनसक्छ। भारतको उत्तर र दिल्ली सहरमा पहिलोे पटक महामारीको रुपमा फैलीएको तथ्यङ्मा उल्लेख छ ।

    डेंगू के कारणले हुन्छ ? यो रोग वाइरस (बिशाणु) ले हुन्छ र यो मलेरिया जस्तै लामखुट्टे (मच्छर)ले टोकेर फैलीन्छ । मलेरिया “अनोफ़ेलेस”लामखुट्टे (मच्छर)को टोकाइ बाट फैलीन्छ भने डेंगू फ़ीवर “ऐडीज“ लामखुट्टे (मच्छर)को टोकाइबाट फैलिन्छ। यो ऐडीज लामखुट्टे निकै जिद्यी हुन्छ र दिनको समयमा बऐड़ी समयमा नै टोक्ने गर्छ । डेंगू फ़ीवर बर्षाको मौसममा अथवा बर्षा भए लगत्तै (असार देखी अशोज महीना) सम्म बढी देखापर्छ। डेंगू फ़ीवर लागेको मान्छेको रागतमा डेंगू वाइरस धेरै मात्रामा हुन्छ । जब कुनै ऐडीज लामखुट्टेले यस्ता मान्छेलाई टोक़्छ र रगत संग संग़ै लामखुट्टेले डेंगूको वाइरस पनि चुस्छ र त्यों डेंगू वाइरस लामखुट्टेको शरीरमा जान्छ। त्यों ऐडिज लामखुट्टेको शारीरमा यो वाइरसको अझ केहि दिन सम्म बिकाश हुन्छ। जब यो वाइरस बोकेको ऐडिज लामखुट्टेले कुनै स्वस्थ व्यक्तिलाई टोक्छ यो वाइरस त्यों स्वस्थ व्यक्तिको शारीरमा जन्छ र त्यों व्यक्ति डेंगू रोगवाट संक्रमित हुन्छ र केहि दिन पछि डेंगू फ़ीवरको लक्षण देखा पर्छ ।

    संक्रामक काल जून दिन डेंगू वाइरस वाट संक्रमित लामखुट्टले टोक्छ त्यसको लगभग ३र५ दिन पछी डेंगूको लक्षण मानिसमा देख़िन थाल्छ । डेंगू ज़्वोरोको लक्षण लक्षण यसमा निर्भर गर्छकी यो कून प्रकारको डेंगू ज़्वोरो हो । यासका ३ प्रकार छन । १)क्लासिकल (साधारण) डेंगू फ़ीवर २)डेंगू हेमरैजिक फ़ीवर ३)डेंगू शॉक सिंड्रोम क्लासिकल (साधारण) डेंगू फ़ीवर धेरै खतरनाक नहुन सक्छ तर डेंगू हेमरैजिक फ़ीवर (ज्वारो) (म्ज्ँ) र डेंगू शॉक सिंड्रोम ( म्क्क्) चाहि समयमा उपचार गरिएँन भने ज्यानै जान सक्छ । त्यसकारण लक्षण सबैले थाह पाइ राख्नु पर्छ । १) क्लासिकल (साधारण) डेंगू फ़ीवर जाड़ों हुने र एक्कासी तिब्र ज़्वोरो आऊने टाउको, ज़ोर्नि र जिऊ दुख्ने आँखाको पछाड़ीको भाग दुख्ने जून आँखा चलाउदा अज्झ धेरै दुख्ने गर्छ कमज़ोरी हुने क्लासिकल डेंगू ज्वारो ७र८ दिनमा आफै निको हुन्छ २) डेंगू हेमरैजिक फ़ीवर ( DHF) यसमा साधारण डेंगू फीवरका लक्षण र थप केही अरु लक्षण हुन्छ ।
    रक्तस्राव( नाक , गीजावाट रंगत जाने ) यो चाही लैबमा टोरनिकेट टेस्ट पॉज़िटिव देखाउछ
    ३)डेंगू शॉक सिंड्रोम (DSS) यसमा डेंगू हेमरैजिक फ़ीवर (DHF)का लक्षण र शॉकको लक्षण देखा पर्छ । शॉक भनेको मेडिकल टर्मिनॉलोजीमा ब्लड प्रेशर ९०/६० भन्दा कम हुनु हो । रोगी अत्यन्त बेचैन हुन्छ र ज्वारो भएता पनी बिरामीको छाला र जिउ चिसो महसूस हुन्छ । रोगीको नाड़ी छम्दा बिरामीको पल्स छिटो र कमजोर पाईन्छ । डेंगूलाई नियन्त्रण गर्ने उपाय ऐडिज लामखुट्टेको प्रजनन रोक्ने लामखुट्टेको टोकाईवाट बच्ने, ऐडिज लामखुट्टे जमेको पानीमा पाइन्छ, जस्तै ( नाला, खल्डो, फूटेको बोतल, पुरानो टाइर अथवा पुरानो पानी जम्ने भाडा) आफ्नो घर वरीपरी यास्ता पानी भाडा नराख्ने घर वरीपरीको खल्डो पूर्ने ।

    पानी टंकी र भाडालाई छोपेर राख्ने , पानी खाली गर्न नसक्ने कुरा छन ज़स्तै नाला भने त्येसमा पेट्रोल अथवा मत्तिटेल हालिदिने, झ्याल ढोकामा नेट लगाउने, मच्छरदानी अथवा झूल लगाएर मात्र सुत्ने
    जिउको अधिकांश भाग छोप्ने गरी लुगा लगाऊने, लामखुट्टे नाश गर्ने औषधी लगाऊने, मच्छरलाई भगाऊने क्रीम, स्प्रे जस्ता कुरा प्रयोग गर्ने, घर छेऊछाउ सरसफाई गर्ने, ऐडिज लामखुट्टे दिनमा पनी टोक़्ने भएर अत्यधिक ध्यान पूराऊने, अन्तिममा एउटा सल्लाह छ कि डेंगू रोग लागेक़ो व्यक्तिलाई अनिवार्य रुपमा ६/७ दिन सम्म झुलभित्र मात्र राख़्ने ताकी उसलाई लामखुट्टेले टोकेर अरुलाई नसरोस् । ऐडिज मच्छर कसरी चिन्ने? ऐडिज लामखुट्ट कालों रंगको हुन्छ र येस्को जिउ र खुट्टामा सेतो धार्का हून्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।