• धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा कलाकार प्रकाश घिमिरेलाई सम्मानित

    September 7, 2019     9:40 pm

    पोखरा, भदौ २१ । धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । पोखराको तेर्सापट्टी कार्यालय रहेको उक्त संस्थाले आफ्नो १२ औं साधारण सभा शनिबार सम्पन्न गरेको हो ।

    साधारण सभाबाट संस्थाकी कोषाध्याक्ष योगमाया द्वाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको छ । संस्थाको कुल सम्पत्ती तथा दायित्व रु २० करोड ३२ लाख ५२ हजार ३ सय १६ रुपैंया ८९ पैसा बाट वृद्धि भएर यस वर्ष २७ करोड ९४ लाख ३६ हजार ४ सय १७ रुपैंया ७१ पैसा पुगेको द्वाले बताइन् । उनका अनुसार गत वर्ष भन्दा यस वर्ष संस्थाको निक्षेप संकलन सन्तोषजनक र तरलताको अवस्थामा वृद्धि भएको छ ।

    साधारण सभाबाट एसइइमा उतिर्ण भएका संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो । एसइइ उतिर्ण योगेश उपाध्याय, सुलभ शिल्पकार र सुलभ कतिलालाई सम्मान गरियो । धनलक्ष्मी छात्रावृति वितरण कार्यक्रम अन्तर्गत संस्थाले मैत्री चैत्य नारायणथानलाई नगद रु ५ हजार सहित स्टेशनरी समान उपलब्ध गरायो । ज्ञानभूमि माध्यमिक विद्यालय नगद रु १० हजार प्रदान गर्नुका साथै बाल मन्दिर माध्यमिक विद्यालयलाई समेत रु ५० हजारको अक्षय कोषको स्थापना गरिदिएको छ ।

    संस्थाको वार्षिक साधारणसभाबाट वर्ष भरिनै उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा अवकाश प्राप्त धर्मराज बास्तोला, असल कार्य सम्पादन गरेबापत प्रबन्धक अनिता पौडेल, बजार प्रतिनिधि विपना पुन र कार्यालय सहायक जयराम सुनार रहेका छन् । संस्थाले शिक्षा उपसमितिका सदस्यहरुलाई समेत सम्मान गरेको छ । उषा कायस्थ, भरत कतिला, यमुना तझ्या श्रेष्ठ र सल्लाहकार योगमाया द्वा सम्मानित भएका हुन् ।

    कलाकारिताको क्षेत्रमा योगदान पु¥याए बापत कलाकार प्रकाश घिमिरेलाई समेत संस्थाको साधारण सभा कार्यक्रमबाट सम्मान गरिएको छ । धार्मिक तथा सामाजिक व्यक्ति रेशमराज शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यसमितिका अध्यक्ष हरीप्रसाद शिल्पकारले गरेका थिए । जनता बैंक नेपाल लिमिटेडका संस्थापक एवं पूर्व सञ्चालक चीरञ्जवी द्वाको समेत उपस्थिती रहेको कार्यक्रममास्वागत संस्थाका उपाध्यक्ष कृष्ण कतिलाले गरेको थिए भने कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण काफ्लेले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।