• मित्र मिलन कृषि सहकारीमा पौडेल सर्वसम्मत

    September 7, 2019     9:30 pm

    पोखरा, २१ भदौ । पोखरा ९ नयाँबजार स्थित मित्रमिलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    अधिवेशनले संस्थाको उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल तथा कोषाध्यक्षमा भिमलाल पौडेललाई चयन ग¥यो भने सदस्यहरुमा गोपाल खनाल, संगीता रेग्मी सुवेदी र रनिता थापा चुनिए । लेखा समिति संयोजकमा सूर्यबहादुर अधिकारी तथा सदस्यद्वय जनक पौडेल र प्रतिक लामिछाने चयन भए । अधिवेशनले लेखा समिति संयोजक विजय लम्सालले प्रस्तुत गरेको प्रतिवेदन, प्रबन्धक किरण अधिकारी र सञ्चालक समितिका तर्फबाट कार्यवाहक अध्यक्ष रमण पौडेलले पेश गरेको प्रतिवेदन पारित गरिएको संस्थाका सचिव पौडेलले जानकारी दिए ।

    यसअघि, साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरेले बैंकले छोटो समयमा गरेको प्रगतिप्रति सन्तुष्टि जनाउँदै सहकारीको मूल मर्म र सिद्धान्त पछ्याउँदै अघि बढ्न सुझाव दिए । ‘बैंकहरु मर्जमा गए जस्तै सहकारी पनि मर्जमा जानु आवश्यक छ । कार्यक्षेत्र विस्तारसँगै पूँजी वृद्धि, आफू अनुकुलका सहकारीसँग मर्ज गर्दै अघि बढ्न म सुझाव दिन चाहन्छु ।’ उनले भने – ‘अब सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन । यो नियम पनि कार्यान्वयनका लागि म सबै सहकारीहरुलाई आग्रह गर्दछु ।’

    संस्थाका अध्यक्ष रमण पौडेलले अब सहकारी नयाँ जोश र जाँगरका साथ हरेक शेयरसदस्यसँग निकट रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सल्लाहकार संयोजक बालकृष्ण घिमिरे, दीपक बहादुर अधिकारी क्षेत्री, लेखनाथ अर्याल, अर्जुन गिरी लगायतले बोलेका थिए । पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक किरण अधिकारीले स्वागत तथा गोपाल खनालले सञ्चालन गरेका थिए । सो अवसरमा युवा पत्रकार रञ्जन अधिकारीलाई २५ हजार राशीको ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मान समेत गरिएको थियो । पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारी ११ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।

    सहकारीले उत्कृष्ट बचतकर्ता पार्वती पराजुली, उत्कृष्ट ऋणी कर्णबहादुर रानाभाट, सक्रिय शेयर सदस्य सूर्य बहादुर क्षेत्री थापा, नियमित मासिक शेयर बचत राजेश गुरुङ, ज्येष्ठ शेयर सदस्य सोमनाथ शर्मा, उत्कृष्ट कर्मचारी सुजना श्रेष्ठका साथै कक्षा १२ र एसईईमा उत्कृष्ट हुने शेयर सदस्य शिशिर रञ्जितका छोरा प्रमोज रञ्जित र कृतिका रञ्जितलाई पनि सम्मान ग¥यो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।