• आगालागीमा बालकको मृत्यु

    March 22, 2019     6:10 pm

    मुग्लिन, ८ चैत

    चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महीने छोरा शिव चेपाङको मृत्यु भएको हो ।
    आगालागीले तीन घरसमेत जलेर नष्ट भएका छन् । रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञानबहादुर प्रजाले जानकारी दिनुभयो । 

    शिक्षक प्रजाका अनुसार आगालागी आज अपराह्न २ बजेको समयमा भएको बताइएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिनुभयो । घटनास्थल विकट र टाढा रहेकाले ढिला गरी खबर प्राप्त भएको बुढाथोकीले बताउनुभयो । 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।