• माछापुच्छ्रे र मादीमा गणितीय हाजिरी जवाफ सम्पन्न

    September 5, 2019     10:06 pm

    गणित शिक्षा परिषद कास्की को आयोजना तथा माछापुच्छ्रे गाउपालिका को बिशेष सहयोगमा गाउपालिका स्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगिता महेन्द्र मा बि को भवनमा भाद्र १८ गते बुधबार सम्पन्न भएको छ।
    गणित शिक्षा परिषद् कास्कीका उपाध्यक्ष डिल्ली राम अधिकारी को अध्यक्षता र गाउपालिका कार्यबाहक अध्यक्ष कृष्ण कुमारी पौडेल को प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम को सन्चालन गणित शिक्षा परिषद सदस्य जीत बहादुर खनाल ले र स्टेज अन क्विज को सन्चालान जयराम कायस्थले गर्नुभएको थियो। सो कार्यक्रममा गाउपालिका का ९वटा बिद्यालय का ११ टिम को सहभागीता रहेको कार्यक्रम मा गणित शिक्षा परिषद कस्की का सदस्य महेन्द्र पौडेल ले स्वागत तथा कार्यक्रम को औचित्य माथि प्रकाश पार्नुभयो। सो कार्यक्रम मा बोल्दै प्रमुख अतिथि तथा गा पा कार्यबाहक प्रमुख पौडेलले पहिलो पटक गाउपालिका गणितीय हाजिरी जवाफ संचालन भयकोमा खुशी व्यक्त गर्दै शिक्षक र विद्यार्थी दुबैले राम्रो सिक्ने मौका प्राप्त गरेको ले यस्ता खालको कार्यक्रमले गाउको शिक्षा को बिकास मा महत्त्वपूर्ण योगदान पुर्याउनु को साथै बिद्यार्थी को प्रतिभा प्रस्फुटन गर्न एउटा ईट्टा थप्ने बिश्वास व्यक्त गर्नुभयो। मन्तब्य को क्रम मा गणित शिक्षा परिषद कास्कीका सल्लाहकार सह प्राध्यापक डा। त्रिभुवन शर्मा बरालले गणितमा मा प्रबिधी को अन्योन्याश्रीत सम्बन्ध को चर्चा गर्नुका साथै बिश्व बजार मा गणित विशेषज्ञ को आवश्यकता र योगदान माथी प्रकाश पार्नुभयो।
    मन्तव्य को क्रममा माछापुच्छ्रे गा पा वडा नम्बर ४ का अध्यक्ष पुर्ण बहादुर शाहीले यस कार्यक्रम ले गणितप्रति को आम सोचाइ मा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताउनु भयो। कार्यक्रम समापनको क्रममा आफ्नो मन्तव्य राख्ने क्रममा सभाध्यक्ष डिल्लीराम अधिकारी ले सहभागी सबैलाई बधाई दिदै उपस्थित शिक्षकहरुलाइ गणित शिक्षा परिषद मा जोडिएर लाभान्वित हुन आव्हान गर्नुभयो।साथै आगामी दिन मा यो कार्यक्रम लाई अझै परिस्कृत गरि निरंतरता दिने प्रतिबद्धता जाहेर गर्नुभयो । पहिलो चरण को लिखित राउन्ड मा सम्मीलित ११ टिम मध्य ६ वटा टिम दोस्रो तथा अन्तिम चरण को स्टेज अन क्विजका लागि छनौट गरियको थियो। जस्मा श्री ज्ञानज्योती इङलिस बोर्डिङ स्कुलका सयुम शाही र सन्देश अधिकारीको समूह प्रथम भै यहि महिना को २१ गते शनिबार टप्स मा बि रामघाट मा सन्चलन हुने जिल्ला स्तरीय प्रतियोगिता को लागि यस गा पा बाट छनौट मा परेको छ। साथै माछापुच्छ्रे मा बि ले द्वितीय र बाल मन्दिर मा बि ले तृतीय स्थान हासिल गरेका छ्न। पुरस्कृत विद्यार्थीहरुलाई सभाध्यक्ष ,प्रमुख अतिथि तथा अतिथि हरुले ट्रफी प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभयो।
    यसै गरि मादी गाउपालिका मा पनि गणित शिक्षा परिषद कास्की को आयोजना र मादी गाउपालिकाको बिशेष सहयोग मा गणितीय हाजिरी जवाफ कार्यक्रम भाद्र १८ गत्ते बुधबार सप्पन्न भयको छ। गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष केशव अम्गाइको अध्यक्षता र गाउपालिका अध्यक्ष बद बहादुर गुरुङ ुश्याम ुको प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रमको स्टेज अन क्विज को सन्चालन गणित शिक्षा परिषदका सह सचीव बिनोद अधिकारी ले गर्नुभएको थियो। सो कार्यक्रममा गाउपालिका का ७ वटा बिद्यालय का १० टिम को सहभागीता रहेको कार्यक्रम मा गणित शिक्षा परिषद कस्की का सदस्य ईश्वरि प्रसाद गौतमले स्वागत तथा कार्यक्रमका बिशेष अथिती गणित शिक्षा परिषद गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि शर्माले कार्यक्रम को औचित्य माथि प्रकाश पार्नुभयो।
    पहिलो चरण को लिखित राउन्ड मा सम्मीलित १० टिम मध्य ६ वटा टिम दोस्रो तथा अन्तिम चरण को स्टेज अन क्विजका लागि छनौट गरियको थियो। जस्मा श्री राष्ट्रज्योती मा बि का सपना गुरुङ र केल्विन गुरुङ को समूह प्रथम भै यहि महिना को २१ गते शनिबार टप्स मा बि रामघाट मा सन्चलन हुने जिल्ला स्तरीय प्रतियोगिता को लागि यस गा पा बाट छनौट मा परेको छ। साथै धनुबास कालिका मा बि ले द्वितीय र महारुद्र मा बि ले तृतीय स्थान हासिल गरेका छ्न। पुरस्कृत विद्यार्थीहरुलाई सभाध्यक्ष ,प्रमुख अतिथि तथा अतिथि हरुले ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभयो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।