• दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, भाडा नबढ्ने

    September 3, 2019     10:12 pm

    भदौ १७ । यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ खोल्न तयारी थालेको छ । दशैं आउन करिब एक महिना बाँकी हुँदा विभागले अग्रिम टिकट बुकिङ खोल्न सक्रियता देखाएको हो ।

    दशैं मनाउन काठमाडौं उपत्यकाबाट अन्य जिल्ला जाने यात्रुले कहिलेबाट अग्रिम टिकट बुकिङ गर्न पाउने भन्नेबारे यातायात व्यवसायीसँगको छलफलपछि टुङ्गो लाग्ने विभागले बताएको छ । “यातायात व्यवसायीसँग छलफल गरेपछि दशैंमा लामो दूरीका यात्रुले कहिलेबाट अग्रिम टिकट बुक गर्न सक्छन् भन्ने टुङ्गो लाग्नेछ,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । दशैंको मौका छोपेर व्यवसायीले टिकट खोल्नका लागि भाडा वृद्धिको सर्त राखे त्यो मान्य नहुने विभागले स्पष्ट पारेको छ ।

    सार्वजनिक यातायातमा व्यवसायीको एकाधिकार (सिन्डिकेट) तोडिएका कारण यस वर्षको दशैंमा यात्रुले दुःख नपाउने विभागको दाबी छ । “यात्रुको सेवामा अहिले विभिन्न यातायात कम्पनीको प्रतिस्पर्धा छ । रुटमा पनि गएका वर्षहरुजस्तो संघ, समितिको एकाधिकार छैन । हालकै भाडादरमा व्यवसायीबीच अग्रिम टिकट खोल्नेमा सहमति जुट्छ । भाडा बढ्दैन,” महानिर्देशक हमालले भने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।