• займ онлайн

    “वाईवाई तीजमेला–२०७६” सकियो, तीज गीतको प्रतियोगितामा हेम्जाको बर्चस्व

    September 3, 2019     7:53 pm


    पोखरा १७ भाद्र। हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” सकिएको छ । एक हप्ता समम चलेको सो मेलाको प्रमुख आर्कषणको रुपमा आयोजना भएको मौलिक तीज गीत प्रतियोगिताका अधिकतम पुरस्कारहरु हेमजाले जितेको छ ।
    जस अन्र्तगत प्रथम नमुना आमा समुह हेम्जा, द्धितीय राधाकृष्ण आमा समुह हेम्जा र सान्त्वना दुई जना मध्ये एक जना काम धेनु कृषक महिला समुह भएका छन् । तितृयमा मनकामना दिदी वहिनी समुह अधिकारी थर र सान्त्वना अर्कोमा देवीडाँडा आमा समुह भलाम भएका छन् । यसै गरी उत्कृष्ठ भेषभुषा राष्ट्रिय माध्यामिक विद्यालयको महिला शिक्षक समुह र धरहरा आमा समुह फुलवारी भए भने उत्कृष्ठ नृत्यमा अभियान आमा समुह सिम्पानीले जितेको छ । प्रतियोगितामा सक्षम नेपाल समुहलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको आयोजक संस्था पुस्पान्जली फेसन एन्ड इभेन्टकी संयोजक शोभा गौतमले जानकारी दिईन् ।
    यसै गरी तिन दिन सम्म संचालन भएको एकल गृहिणी नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तितृयमा क्रमशः दिपा लामिछाने, पद्मा पौडेल र सरिता गौतम भएका छन् । सान्त्वनामा कल्पना खत्री र विष्णु तामाङले साझेदारी गरेका छन् ।

    एक हप्ता सम्म संचालन मेलामा भएका ठेलो हान्ने प्रतियोगिता, टपरी गास्ने प्रतियोगिता लगाएतका सवै प्रतियोगिताहरुको पुरस्कार पनि आजै वितरण गरिएको कार्यक्रम संयोजक गौतमले जानकारी दिईन् । समापन कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रमको प्रमुख अथितीमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी रहेका थिए ।
    पुरस्कार वितरण कार्यक्रममा बाल्दै सभामुख अधिकारीले पोखराको पहिचान वनेको टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनु पर्ने धारणा राखे । उनले प्रदेशसभावाट समग्र पोखराको धरोहरका रुपमा रहेका सार्वजनिक स्थलहरुको संरक्षणमा विशेष भूमिका खेल्ने पनि प्रतिवद्धता जनाए ।
    मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था गरिएको थियो । यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाए । यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०१०१, द्वितीयले ७१०१, तृतीयले ५१०१ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाएका छन् । मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट, सिक्नेचर र हरपल चामल, अफिसियल बैकीङ पार्टनरमा प्रभु बैंक, सह–प्रायोजकमा नेपाल टेलिकम, नेपाल आइस बियर र कुन्दन तेल, उप–प्रायोजकमा बिग मास्टर वाइन, सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा, प्रबर्द्धकमा आकृती एड्भटाइजिङ, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड, सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम, द बर्गर हाउस, अन्नपूर्ण केवलकार, रियो जुस, कमल सुनचादी, एनबिजेके सप्लायर्स, कल्चर रिसोर्ट , होटल बाराही, सल्युट गोर्खा ट्रेनीङ सेन्टर, कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।