• सिंगापुरबाट दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक

    September 3, 2019     6:17 pm

    भदौ १७ । विभिन्न विवादका बाबजुद सरकारले दोस्रो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रालयको गोपनियतामाथि विभिन्न निकायबाट प्रश्न उठिरहेको बेला सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग सरकारका कामकाजबारे मंगलवार छलफल गरेका छन् ।

    प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार भिडियो कन्फरेन्समार्फत सोमबार क्याबीनेट सदस्यहरुसँग सरकारको पछिल्ला कामकाजबारे छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग कामकाजको अपडेट लिने र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने उदेस्यले भिडियो कन्फरेन्स बैठक राखिएको रिमालले जानकारी दिएका छन् ।

    यसअघि गत भदौ ९ गते सिंगापुरबाट प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक राखेका थिए । त्यो बैठकलाई लिएर गोपनियताको सुरक्षाबारे विभिन्न विवाद उत्पन्न भएको थियो । यसै भिडियो कन्फरेन्स प्रधानमन्त्री ओलीका सल्लाहकार रिमालले मन्त्रिपरिषद् बैठक भनेपनि सरकारका प्रवक्ता एवम् सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक नभई सामान्य ‘हेलो हाई’ मात्रै भएको बताएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।