• यी खानेकुरा, जसले गर्मीमा छालालाई बनाउँछ स्वस्थ

    September 3, 2019     6:06 pm

    काठमाडौं भदौ १७ । चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्न आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान ।

    चिकित्सकका अनुसार खानपानबाट पनि छाला स्वस्थ राख्न सकिन्छ । यसका लागि फलफूल र हरियो सागपात खानुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ ।

    अन्डा

    अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ । नियमित अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउँदैन । यस्तै, अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।

    गाँजर

    गाँजरमा भरपूर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यससँगै गाँजरको नियमित उपभोगबाट रगत सफा राख्न मद्दत पुग्छ । र, छालामा निखार आउँछ ।

    बदाम

    बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । त्यसकारण यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पुग्छ । यो स्मरण शक्ति बढाउने ‘रामबाण’ नै मानिन्छ ।
    बदामको दूध स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । यसको दूधले शरीरमा सुगर लेबललाई नियन्त्रण गर्छ ।

    (एजेन्सीको सहयोगमा)

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।