• अन्नपूर्ण र रुपा मा गणितीय हाजिरी जवाफ सम्पन्न

    September 1, 2019     4:11 am

    गणित शिक्षा परिषद कास्कीको आयोजना तथा अन्नपूर्ण गाउपालिकाको बिशेष सक्रियतामा गाउँपालिका स्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगिता गाउँपालिकाको भवनमा गत शुक्रबार सम्पन्न भएको छ।
    गणित शिक्षा परिषद् कास्कीका उपाध्यक्ष डिल्ली राम अधिकारी को अध्यक्षता र गाउपालिका का अध्यक्ष युबराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन गणित शिक्षा परिषद कास्कीका कोषाध्यक्ष भुमिराज अधिकारीले गर्नुभएको थियो। सो कार्यक्रममा गाउँपालिकाका १२ वटै बिद्यालयका १३ टिमको सहभागीता रहेको थियो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गापा प्रमुख कुँवरले यस्ता खालको कार्यक्रमले गाउँको शिक्षाको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न कोशेढुङा साबित हुने बिश्वास व्यक्त गर्नुभयो । मन्तब्यको क्रम मा गणित शिक्षा परिषद गण्डकी प्रदेश का अध्यक्ष चिन्तामणी शर्मा ले स्थानीय स्तर बाटै छनौट गरि जिल्ला मा सहभागी गराउदा धेरै विद्यार्थी लाभान्वित हुने बताउनु भयो। उक्त कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष सगुन गुरुङ ,कार्याकारी प्रमुख शेषकान्त पौडेल शिक्षा प्रमुख बलराम भुगाई लगायतले कार्यक्रम को प्रसंशा गर्दै सफलता को शुभकामना व्यक्त गर्नुभयो।
    पहिलो चरण को लिखित राउन्ड मा सम्मीलित १३ टिम मध्य ६ वटा टिम दोस्रो तथा अन्तिम चरण को स्टेज अन क्विजका लागि छनौट गरियको थियो। जस्मा सितला सामुदायिक स्कुल झोबाङ का अभिषेक के सि र करुणा पौडेल को समूह प्रथम भै यहि महिना को द्दज्ञ गते शनिबार टप्स मा बि राम घाट मा सन्चलन हुने जिल्ला स्तरीय प्रतियोगिता को लागि यस गापा बाट छनौट मा परेको छ। साथै मर्निङ स्टार मा बि ले द्वितीय र बाल मन्दिर मा बि ले तृतीय स्थान हासिल गरेका छ्न।
    यस्तै उक्त दिन गणित शिक्षा परिषद कास्की को आयोजना तथ अन्नपूर्ण गाउपालिका को बिशेष सक्रियतामा गाउपालिका स्तरीय गणितीय हाजिरी जवाफ कार्यक्रम चन्द्रप्रभा मा बि रुपाकोटमा सप्पन्न भयको छ।
    गणित शिक्षा परिषद् कास्किका अध्यक्ष केशब अम्गाई को अध्यक्षता र गाउपालिका का अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम गणित शिक्षा परिषद कास्की का सचीव स्थिरबाबु सुवेदी ले गर्नुभयको थियो।सो कार्याक्रममा गाउपालिका का १० बिद्यालय का १५ टिम को सहभागीता रहेको थियो। सो कार्यक्रम मा बोल्दै प्रमुख अतिथि तथा गापा प्रमुख ओझा ले गुणस्तरीय शिक्षामा आफ्नो गाउपालिका सदा प्रयत्नरत रहेकोले यस्ता कार्यक्रम लाई सधैं साथ दिइरहने र आन्तरिक आम्दानी को ६० प्रतिशत शिक्षण मा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।यस्तै गरि चन्द्रप्रभा मा बि का प्र अ भोला नाथ पौदेल ले जिल्ल स्तरमा चौधौं पटक संचालित यो कार्यक्रम गाउपालिका स्तरमा पहिलोपटक संचालन भयकोमा आयोजक प्रती आभार प्रकट गर्दै आफ्नो बिद्यालय ले पनि नया अवसर प्राप्त गरेको कुरा व्यक्त गर्नुभ्यो।
    पहिलो चरण को लिखित राउन्ड मा सम्मीलित १५टिम मध्य ६ वटा टिम दोस्रो तथा अन्तिम चरण को स्टेज अन क्विजका लागि छनौट गरिएको थियो। जस मध्य प्रथम स्थान हस गर्न सफल रामकोट मा बि का निशान गुरुङ र बिबेक बि क को समूह यहि महिना को २१गते शनिबार टप्स मा बि राम घाट मा सन्चलन हुने जिल्ला स्तरीय गणितीय क्विजका लागि छनौट भयका छन। साथै शिवालय मा बि ले द्वितीय र चन्द्रप्रभा मा बि ले मा बि ले तृतीय स्थान हासिल गरेको कुरा गणित शिक्षा परिषद कास्की का मिडिया संयोजक जयराम कायस्थ ले बताउनुभयो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।