काठमाडौं ।
साफ महिला च्याम्पियनसीपको उपाधि भारतले जितेकाे छ । विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ. पटक उपाधि जितेको हाे । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो । हार सँगै साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारत बाधक बनेको छ ।
घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो तर २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् ।
त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।
तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।