• एनआईसी एशियाको सुपर चामत्कारिक निक्षेप योजना

    August 30, 2019     7:43 pm

    पोखरा १३ भदौ। एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । शुक्रबारको पत्रकार सम्मेलनमा बैंकले सो बारे जानकारी गराएको हो ।

    यसअघि चामत्कारिक निक्षेप योजनाको सफलतापछि सुपर चामत्कारिक बचत योजना संचालनमा ल्याएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी गराए ।

    बैैंकले आम ग्राहकको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्न सुपर चामत्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबुनानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, सुपर रोजगार बचत खाता, उद्यमशील बचत खाता र तलब बचत खाता संचालनमा ल्याएको उनले बताए ।

    पाण्डेका अनुसार निक्षेप योजनाहरुमा ग्राहकले आफु तथा परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

    जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोडसम्मको बिमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा प्राप्त गर्नेछन् ।

    सुपर चमत्कारिक बचत योजना अन्तर्गत ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने पाण्डेले बताए । बैंकले कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा, निशुल्क डिम्याट खाता खोल्ने सुविधा, निशुल्क ई—कमर्श एक्टिभेसन सुविधा, निशुल्क लकर सुविधा लगायत अनलाईन मुद्दति खाताको सुविधा, निशुल्क क्रेडिट कार्डको सुविधा योजनामा समेटेको छ ।

    बैंकले सार्वजनिक गरेको निक्षेप योजनहरुको अतिरिक्त पृथक स्विप ईन—स्विप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाइने जानकारी गराइएको छ । सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने विश्वास बैंककोे छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।