• पोखरामा डेंगू प्रकोप १० ट्राफिक प्रहरीसहित ४३९ लाई संक्रमण

    August 30, 2019     7:12 pm

    पोखरा १३ भदौ। पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको छ। यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्समा समेत देखिएको छ।

    पोखरा महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ९ मा डेंगूको संक्रमण बढी देखिएको हो। डेंगू पोथी लामखुट्टेले टोक्दा सर्ने भाइरल संक्रमण हो।

    वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टेले टोकेर भाइरल संक्रमण डेंगू देखिए पछि पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा समेत उपचार भइरहेको जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए। कास्कीमा ९२ जना ट्राफिक प्रहरी कार्यरत छन्। थप ५ जना पनि लामखुट्टे जन्य भाइरल संक्रमण डेंगूकै सिम्ट्रम देखिएको उनले बताए।

    विभिन्न जिल्लाबाट पोखरा प्रवेश गर्ने पृथ्वीचोक बस पार्क वडा नम्बर ९ मा पर्दछ। वडा नम्बर ९ मा ११८ जनामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए। वडा नम्बर ९ सँगै जोडिएको वडा नम्बर ८ मा १०५ जनामा यो संक्रमण देखिएको उनले जानकारी दिए।अन्नपुर्णपोट डट कम वाट

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।